‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
बिएल संवाददाता
नेपाली काँग्रसको महाधिवेशन अन्तर्गत आज दोस्रो दिन नेतृत्व चयनको प्रक्रिया सुरु हुँदैछ। जसका लागि शनिबार बिहान १० बजेदेखि मनोनयन दर्ताको तालिका तय गरिएको छ। मनोनयन दर्ता साँझ ५ बजेसम्म जारी रहनेछ। यस्तै उम्मेदवारी मनोनयन दर्ताउपर दाबी विरोध र जाँचबुझ साँझ ५ देखि ७ बजेसम्म र दाबी विरोधउपर निर्णय साँझ ७ देखि ९ बजेसम्म हुने समितिले जनाएको छ।
यसैगरी उम्मेदवारको पहिलो नामावली प्रकाशन राति ९ देखि १२ बजेसम्म, मनोनयन पत्र फिर्ता लिइसक्नुपर्ने समय आइतबार बिहान ११ बजेसम्म तोकिएको छ।
त्यसपछि उम्मेदवारको अन्तिम नामावली प्रकाशन आइतबार दिउँसो १२ः१५ बजे र मतदान मङ्सिर २७ गते बिहान ८ बजेदेखि सुरु हुनेछ। मतदान सकिएलगत्तै मतगणना सुरु हुनेछ ।
कांग्रेसको सभापतिमा शेरबहादुर देउवा र विमलेन्द्र निधिले उम्मेदवारी घोषणा गरेका छन् भने रामचन्द्र पौडेल पक्ष अझै उम्मेदवारविहीन रहेको छ। पौडेल पक्षमा प्रकाशमान सिंह र डा. शेखर कोइरालाले आफ्नो दावी नछाडेपनि सहमति हुन नसकेको हो। आज पनि पौडेल पक्ष बिहानैदेखि छलफलमा रहने बताइएको छ। काँग्रेसमा विशेषगरी देउवा पक्षर पौडेलपक्षबीच कडा टक्कर हुने बताइएको छ।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया