युएईमा रहेका दुई नेपालीमा कोरोना संक्रमण

संयुक्त अरब इमिरेट्स (युएई)मा रहेका दुई नेपालीमा कोरोना भाइरस अर्थात कोभिड–१९को संक्रमण फेला परेको छ।

सोमबार दुई नेपाली सहित १४ जनामा कोरोना संक्रमण देखिएको युएईको स्वास्थ्य तथा रोकथाम मन्त्रालयले जनाएको छ। संक्रमित दुई नेपाली कुन कम्पनीमा कार्यरत थिए भन्ने खुलाइएको छैन।

कोरोना संक्रमण हुनेमा चार जना युएई, तीन जाना इटालियन, दुई जना बंगलादेश, दुई जना नेपाली रहेका छन्। यस्तै रसियन, भारतीय र सिरियन एक एक जनामा संक्रमण भेटिएको मन्त्रालयले जारी गरेको विज्ञप्तीमा जनाइएको छ।

उनीहरुलाई यसअघि क्वारेन्टाइनमा राखिएका व्यक्तिहरुको सम्पर्कबाट भाइरस सरेको हो। योसँगै युएईमा कोरोना संक्रमितको संख्या ५९ पुगेको छ।

प्रकाशित मिति: : 2020-03-10 07:58:27

प्रतिकृया दिनुहोस्