रुपन्देहीकाे नाकामा उच्च सतर्कता: सहायक सिडियाे शर्मा

रुपन्देहीकाे सबै नाकामा उच्च सतर्कता अपनाइएकाे सहायक जिल्ला अधिकारी भरतकुमार शर्माले बिएल नेपाली सेवालाई जानकारी दिएका छन्। उनले सर्वसाधारणलाई काेराेना भाइरसबाट नअतालिन पनि आग्रह गरेका छन्। 

उनले बजारमा हल्ला भए जस्ताे मास्ककाे अभाव नभएकाे र भैरहवाकाे सुनाैली नाका र बेलहिया नाकामा उच्च सतर्कता अपनाइएको जानकारी दिए। शर्माले लक्नोटिया, मर्चवारलाई जोड्ने पञ्चबारे कदमवा, कालिदह जस्ता साना नाकामा पनि स्वास्थ्य सहायता कक्ष सुरक्षा निकायकाे पहलमा सञ्चालन गरिएको बताए। 

‘नगरपालिका र गाउँपालिकामा जोखिमपूर्ण अवस्थासँग लड्न र्‍यापिड रेस्पोन्स टिम तयारि अवस्थामा राखिएको छ’, उनले भने–‘ हालसम्म पच्चिस सय नब्बे जनालाई चेक गरिसकेका छाैं तर सङ्कास्पद् कुनै बिरामी पाएका छैनाैं। बिपतलाई मध्यनजर गर्दे भैरहवाको भिम अस्पतालमा ४ वटा बेड, भैरहवाको मेडिकल कलेजमा ३० वटा बेड तयारी अवस्थामा राखिएको छ। तत्कालका लागि एम्बुलेन्सकाे पनि व्यवस्था गरिएको छ।’

सर्वसाधारणलाई सही सुचना प्रवाह गर्न स्थानीय भोजपुरी भाषामा पोस्टर तथा पम्प्लेट छाप्ने व्यवस्था रहेको र कोरोना भाइरसको बारे जनचेतना फैलाइरहेको र सङ्कास्पद पर्यटकलाई विशेष चेक जाच भइरहेको शर्माले जानकारी दिए।
 

प्रकाशित मिति: : 2020-03-14 22:58:20

प्रतिकृया दिनुहोस्