कोरोना त्रासः औषधि पसलमा छैन असर

विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड १९) को  संक्रमण प्रभाव नेपालमा समेत परेको छ। सोही कारण देखाउँदै दैनिक उपभोग्य सामानदेखि लिएर औषधि समेत कमि हुँदै आएको छ।

महाराजगन्जस्थित शिक्षण अस्पताल परिसरमा रहेको औषधि पसलमध्ये अधिकांश पसलमा पर्याप्त मात्रामा औषधि आयत हुनसकेको छैन।अस्पताल परिसरमा  विगत ५ वर्षदेखि यसमध्थे अलमेड फार्मेसी सञ्चालन गदै आएका जीवन केसीले कोरोनाको प्रभाव पसलमा परेको बताउँदै पर्याप्त औषधिहरू नेपाल नआएको बताएका छन्।

‘भारतबाट आयात हुने अधिकांश औषधिहरू नेपाल आएका छैनन्, केही औषधिहरू नाकामै रोकिएका छन् केही आउने क्रममै रोकिएका छन्’, उनले भने।

नेपालमा भारतबाहेक चीनसहितका तेस्रो मुलुकबाट पनि औषधि आयत हुने गरेको छ। तर कोरोनाको त्रासकै कारण चीनबाट आयात निर्यात ठप्प भएको छ। अहिले बजारमा केही स्टक औषधि मात्र भएको केसीले बताए।

तर भारतबाट औषधि नआउँदा नेपाली औषधिहरू फार्मेसीमा पुगेको समेत केसीको भनाई छ। ‘नेपालमा बनेका औषधिप्रति उपभोक्ताको विश्वाश कम भए पनि भारतबाट आउन छाडेपछि नेपाली औषधिनै प्रयोग गर्न बाध्य छन्।

भारतबाट आउने औषधिमा इन्जेक्सन, सुगर, पेसरका औषधि, डेन्टल, ह्यान्ड स्यानिटाइजरलगायत आउन छाडेको  उनले बताए। अबको कोही दिनसम्म पनि आयात गर्न नसके औषधिको हाहाकारै हुने प्रति विक्रेताहरू सजग छन्।

‘कोरोनाको डरले मानिसमा नराम्रोसँग जरा गाडेको छ, सबै आत्तिएर हल्लैको भरमा नराम्रो टिकाटिप्पणी फैलाएको हो, अरू कोही छैन’, उनले भने । यस्तै विगत दुई दशकदेखि श्रीराम  फर्मा सञ्चालन गर्दै आएका लक्ष्मण कर्माचार्यको पसलमा अहिलेसम्म पर्याप्त औषधि भए पनि भोलि के हुन्छ थाहा नहुने बताउँछन्।

‘हाम्रो फर्मामा अहिलेसम्म कुनै पनि औषधि कमि भएको छैन, पहिलो जस्तो थियो। अहिलो पनि उस्तै छ, कोरोनाको कुनै प्रभाव छैन र कमि पनि छैन’, कर्माचार्यले भने, ‘कोरोनाले  गर्दा आउने औषधिमा कुनै कमि भएको छैन। कोरोनाका कारण औषधि आउन रोकिएको छैन यो सबै हल्ला मात्र हो।’

उनले मानिसहरू अनावश्यक रूपमा हल्लाको पछि लागेको बताए। ‘औषधि घरका व्यापारमा भने कुनै प्रभाव देखिँदैन, उनीहरुका व्यापारमा  कुनै पनि घटबढ  छैन।  जति मानिसहरू कोरोनाबाट आत्तिएको छन् त्यति आत्तिनुपर्ने अवस्था भने होइन,’ उनले भने।

यस्तै अस्पताल परिसरमै रहेको हिमा कर्माचार्यको फर्मामा पनि कुनै पनि औषधिमा कमि छैन। विगत १५ वर्षदेखि चलाइरहेको फर्मामा अधिकांश औषधिहरू नेपाली नै छन्। नेपाली औषधीहरू कुनै कमि छैनन्।

कोरोनाको प्रभावले विदेशी औषधीहरू आउन कमि भएकै हो तर नेपाली सामान प्रयोग गर्ने भएकोले कमि भएजस्तो नलाग्ने उनले बिएल नेपाली सेवासँग भनिन्। कोरोना भाइरसका कारण हाल विश्वभर करिब ७ हजार जनाको ज्यान गएको छ।

प्रकाशित मिति: : 2020-03-18 02:59:58

प्रतिकृया दिनुहोस्