 
                                            
                                        
                                     
                                बिएल संवाददाता
 
                                स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले बीमाको स्वरुपको विकल्प खोज्न आवश्यक रहेको बताएका छन्।
आइतबार काठमाडौंमा आयोजित स्वास्थ्य बीमा प्रतिवेदन र कार्ययोजनाको सार्वजनिकीकरण कार्यक्रममा उनले बीमाको निम्ति अहिलेसम्म सरकारबाट साढे सात अर्ब रुपैयाँ बिनियोजन भएको र यही स्वरुपको बीमा व्यवस्थित गर्न ०८२ सालमा ४० अर्ब खर्च हुने देखिएको भन्दै उनले सरकारको क्षमताभन्दा बाहिर रहेकोले बीमाको स्वरुपको विकल्प आवश्यक रहेको बताए।
उनले भने, ‘कसको दोष हो म त्यतातिर जान चाहन्न। समस्या के छ भने बीमाका निम्ति अहिलेसम्म सरकारबाट साढे सात अर्ब रुपैयाँ बिनियोजन भएको स्थिति छ। बीमाको अनुमानित खर्च ०८२ मा करिब ४० अर्ब हुने देखिन्छ। आगामी कार्यक्रममा सरकारले ४० अर्ब बिनियोजन गर्यो भने मात्रै यही स्वरुपको बीमा व्यवस्थित हुन सक्छ। ४० अर्ब बिनियोजन गर्ने र त्यसपछि आवश्यकता अनुसार बढाउँदै गए राज्यको क्षमता अनुसार सम्भव हुन्छ जस्तो मलाई लाग्दैन। त्यसैले बीमाको होईन यसको स्वरुपमा विकल्पलाई अगाडि ल्याएका हौं।’
उनले बीमा अहिले जीवनको अभिन्न अंग बनेकाले यसको विकल्प नभई थप व्यवस्थित गर्न खोजिएको बताए। आम नागरिकलाई बढि भन्दा बढि कसरी बीमाबाट सेवा उपलब्ध गराउन सकिन्छ भन्नेबारे आफूहरू लागेको उनको भनाई छ।
उनले भने, ‘बीमा अहिले हाम्रो जीवनको अभिन्न अंग बनेको छ। यसको विकल्प खोजेको होइन। यसलाई व्यवस्थित गर्न खोजेको हो। यसलाई निरन्तरता दिन खोजेको हो। यसबाट आम नागरिकलाई बढि भन्दा बढि कसरी सेवा उपलब्ध गराउन सकिन्छ त्यसबारे काम गर्न खोजेको हो।’
स्वास्थ्य बीमालाई अझ प्रभावकारी बनाउन के कस्ता नीतिगत र व्यवहारिक सुधार आवश्यक छन भन्ने विषयहरूमा समाधान खोज्ने पनि उनले जानकारी दिए।
 
                                    
                                        विवादमा नेपाली सेना, यस्तो छ इतिहास
 
                                    
                                        अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
 
                                    
                                        जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
 
                                    
                                        ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
 
                                    
                                        ‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
 
                                    
                                        दशैँको टीका र जमराको शास्त्रीय साइनो
 
                                    
                                        विश्व शान्ति दिवसमा अशान्त मन!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया