दक्षिण काेरिया काेराेनाकाे प्रभावमा रहेकाे नवाैं देश

कालिका न्याैपाने

सिओल (दक्षिण काेरिया)

दक्षिण कोरिया कोरोना भाइरस कोभिड–१९ को उच्च जोखिममा पर्ने नवौं देश भएको छ। शुक्रबार कोरियामा थप ३ जनाको संक्रमणका कारण निधन भएपछि यहाँ मर्नेको संख्या ९४ पुगेको हो। 

हालसम्म कोरोना भाइरसका कारण मर्नेको संख्या सबैभन्दा उच्च इटालीमा देखिएको छ। इटालमिा ४ हजार ३२ ले ज्यान गुमाइसकेका छन्। यसपछि चीन दोस्रो नम्बरमा छ भने त्यहाँ ३ हजार २ सय ५५ जनाले ज्यान गुमाएका छन्। तेस्रो नम्बरमा इरान रहेको छ। इरानमा मृतकको संख्या १४ सय ३३ पुगेको छ। 

चौथो नम्बरमा स्पेन रहेको छ। स्पेनमा १ हजार ९३ जनाले ज्यान गुमाएका छन्। 

यी चार देशमा हजारभन्दा बढीको निधन भएको छ। यसबाहेक पाँचौ नम्बरमा फ्रान्स (४५०), छैटौंमा अमेरिका(२५८), सातौंमा बेलायत(१७७) र आठौंमा नेदरल्यान्ड(१०६) रहेका छन्। यी देशमा भने सयभन्दा बढीले ज्यान गुमाएका छन्। 

कोरिया पनि सयको नजिक पुगेका छ। पछिल्लो केही दिनयता कोरियामा मर्नेको संख्या घटेपनि संक्रमित र ठिक भएर फर्किएकाको संख्यामा खासै अन्तर देखिदैन। अझैं ५९ जना गम्भीर हालतमा रहेको स्थानीय समाचारपत्रले बताएका छन्। 

यहाँको सरकार देशलाई कोरोना भाइरसमुक्त बनाउन गम्भीर भएर लागेको छ। पछिल्लो समय थप ८७ वटा संक्रमणको नयाँ रोगी भेटिएका छन्।  
हालसम्म कोरोनाका कारण ११ हजार ३ सय ८५ जनाको निधन भइसकेको छ। 

प्रकाशित मिति: : 2020-03-21 20:30:53

प्रतिकृया दिनुहोस्