कोरोना कहर : सङ्ग्रहालय बन्द

रासस

काठमाडौँ

कोरोना भाइरसको सङ्क्रमणलाई ध्यानमा राखी सरकारले अनावश्यक भीडभाड नगर्न तथा अत्यावश्यकका कामबाहेक बाहिर ननिस्कन निर्देशन दिएसँगै विभिन्न स्थानमा सञ्चालन गरिएको सङ्ग्रहालय तथा म्युजियम बन्द भएका छन्।
 
नेपाल पर्वतारोहण सङ्घअन्तर्गत पोखरामा सञ्चालन गरिएको अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालय र ककनीमा रहेको अन्तर्राष्ट्रिय पर्वतारोहण स्मृति उद्यान बन्द गरिएको छ। 

पर्वतारोहण सङ्घका महासचिव कुलबहादुर गुरुङका अनुसार चैत १० देखि २१ गतेसम्म दुई स्थानमा सञ्चालन गरिएको सङ्ग्रहालय बन्द गरिएको हो।
 
त्यस्तै काठमाडौँको सिनामङ्गलमा सञ्चालन गरिएको एभिएसन म्युजियम र धनगढीमा सञ्चालन गरिएको एयरक्राफ म्युजियम बन्द गरिएको छ।

 बढी भीडभाड नगर्न सरकारको निर्देशनानुसार अर्काे व्यवस्था नभएसम्मका लागि गत बिहीबारदेखि दुई स्थानमा सञ्चालन गरिएको म्युजियम बन्द गरिएको सञ्चालक क्याप्टेन बेद उप्रेतीले जानकारी दिए।

त्यस्तै चन्द्रागिरि हिल्सले सञ्चालन गरेको चन्द्रागिरि केवलकार आइतबारदेखि तथा मनकामना केवलकार शनिबारदेखि अर्को व्यवस्था नहुँदासम्मका लागि बन्द गरिएको छ। 

प्रकाशित मिति: : 2020-03-24 02:25:16

प्रतिकृया दिनुहोस्