कोरोना कहर : संक्रमण रोक्न १० करोडको कोष

रासस

विराटनगर

प्रदेश नं १ सरकारले कोभिड–१९ को सम्भावित संक्रमण नियन्त्रण तथा रोकथामका लागि रु १० करोडको कोष खडा गर्ने निर्णय गरेको छ। 

मंगलवार बसेको मन्त्रिपरिषद् बैठकले जनसुरक्षा कोष खडा गर्नुका साथै उक्त कोषमा प्रदेश सरकारका तर्फबाट रु १० करोड रकमजम्मा गरेको छ। 

उक्त कोषमा मुख्यमन्त्रीसहित मन्त्री र राज्यमन्त्रीले एक महिनाको पारिश्रमिक जम्मा गर्ने निर्णय भएको छ। मन्त्रिपरिषद् बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा कोरोना सूचना कक्ष स्थापना गर्ने निर्णय भएको छ। साथै सबै मन्त्रालयमा एक जना अधिकृतस्तरको कर्मचारीलाई कोरोना ‘फोकल पर्सन’ तोक्ने र उनीहरुले प्रत्येक दिन कोरोनासम्बन्धी सूचना उपलब्ध गराउने जनाइएको छ। 

प्रकाशित मिति: : 2020-03-25 07:47:59

प्रतिकृया दिनुहोस्