विश्वकप फुटबल

विश्वकप फुटबल इतिहासमा एसियाली राष्ट्रहरू

BreaknLinks
BreaknLinks

सन् २०२२ को कतार विश्वकप सुरु हुन केही दिन मात्रै बाँकी छ। एसिया महादेशमा दोस्रो पटक आयोजना हुन लागेको विश्वकपको चर्चा चौतर्फी छाइरहेको छ।

सुरुवातीदेखि नै विश्वकपको उपाधि अमेरिकी र युरोपेली मुलुकहरुले जित्दै आइरहेको छन्। एसियन मुलुकका केही राष्ट्रहरु उपाधि नजिक पुगे पनि विश्व च्याम्पियन बन्न सकेका छैनन्। विगतका वर्षजस्तै यसपटक पनि एसियाली राष्ट्रका ६ देश विश्वकपमा सहभागी हुँदैछन्। यी ६ राष्ट्रमध्ये कुनै राष्ट्रले विश्वकपमा बलियाे दाबेदारी प्रस्तुत गर्ने सकेका छैनन्।

यसवर्ष पनि विगतका वर्षजस्तै साउदी अरेबिया, जापान, इरान, दक्षिण कोरिया, अस्ट्रेलिया र आयोजक राष्ट्र कतारले एसियन मुलुकबाट विश्वकप खेल्दै छन्।

एसियाली राष्ट्रकाे विश्वकप यात्रा ?

कतार

यसपटक विश्वकप आयोजक राष्ट्र कतारले उद्घाटन खेलमा इक्टेवरसँग प्रतिस्पर्धा गर्दैछ। कतार अहिलेसम्म विश्वकपमा छनाैट भएकाे थिएन।

उसले तीन पटक एएफसी एसियन कपको उपाधि जितेकाे छ। कतार सन २०१८ को विश्वकप छनोट खेलमा पनि छनोट भएको थिएन।

साउदी अरेबिया

अहिलेसम्मको विश्वकपमा साउदी अरेबिया ६ पटक छनोट भएको छ। साउदी अरेबिया पहिलो पटक सन १९९४ मा विश्वकपमा छनोट भएको हो।

त्यसपछि सन १९९८, २००२, २००६, २०१८ र २०२२ मा छनोट भएको छ। साउदी अरेबियाले पनि एएफसी एसियन कपको उपाधि जित्न सफल भएको छ। फिफा वरियताकाे सूचीमा साउदी अरेबिया ५०औँ स्थानमा छ।

जापान

सन १९९८ सम्म जापान विश्वकपको खेलको लागि छनोट भएको थिएन। जापान हालसम्म ७ पटक विश्वकप खेलमा छनोट भएको छ।

जापान पहिलो पटक सन १९९८ मा विश्वकप छनोटमा पर्न सफल भएको थियो। त्यसपछि सन २००२, २००६, २०१०, २०१४, २०१८ र २०२२ को छनोट खेलमा पर्न सफल भएको छ।

जापान हालसम्म ३ पटक राउण्ड अफ १६ मा समेत परेको थियो। जापान पहिला एसियाली देश हो, जसले अमेरिका राष्ट्र कोलबिम्यलाई २–१ ले हराएको थियो।

इरान

इरान एसियाली मुलुकको सबैभन्दा उत्कृष्ट फुटबल खेल्ने देश हो। फिफा वरियतामा इरान २०औँ स्थानमा रहेकाे छ।

इरान हालसम्म ६ वटा विश्वकपमा सहभागी भएको छ। सन १९७८, १९९८, २००६, २०१४, र २०२२ मा विश्वकपमा छनोट भएको हो। इरान पनि सन १९६८, १९७२ र १९७६ मा एएफसी एसियन कपको विजेता बनेको छ।

सन २०२२ को विश्वकप छनोटको लागि खेलिएको खेलमा इरानले इराकलाई १–० ले पराजित गरेर विश्वकप खेल्ने १३औँ राष्ट्रमा बन्न सफल भएको थियो।

अस्ट्रेलिया

हालसम्मको विश्वकपमा अस्ट्रेलियामा ६ पटक छनोट भएको छ। अस्ट्रेलिया सन् १९७४, २००६, २०१०, २०१४, २०१८ र २०२२ मा विश्वकप फुटबलमा छनोट भएको छ।

अस्ट्रेलिया हालसम्म १५ पटक फिफा विश्वकपमा छनोट भएको छ।

प्रकाशित मिति: : 2022-11-15 07:00:00

प्रतिकृया दिनुहोस्