कोभिड–१९ः प्रदेश प्रमुख कलौनीद्वारा सहयोग

रासस

सुर्खेत

कर्णाली प्रदेशका प्रमुख गोविन्द्रप्रसाद कलौनीले कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण रोकथाम तथा प्रतिकार्यका लागि एक महीनाको पारिश्रमिक सहयोग गर्ने भएको छ। 

नेपाल सरकारद्वारा स्थापना गरिएको ‘कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण रोकथाम, नियन्त्रण उपचार कोष’ मा एक महीनाको पारिश्रमिक जम्मा गर्ने घोषणा गरेका कर्णाली प्रदेश प्रमुखको कार्यालयद्वारा जारी विज्ञप्ति उल्लेख छ। 

उनले कोरोना भाइरसबाट नआत्तिन, आतंकित नहुन तर अधिकतमरुपमा सचेतना अपनाउन सबै नेपालीमा अपिल गरेका छन्। प्रदेश प्रमुख कलौनीले जतिसक्दो घरमै सुरक्षित भएर बस्न र नेपाल सरकारले गरेको निर्देशन पालना गर्न सबैलाई आग्रह गरेका छन्। 

प्रकाशित मिति: : 2020-03-25 21:30:12

प्रतिकृया दिनुहोस्