‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
बिएल संवाददाता
एसियन क्रिकेट काउन्सिल (एसीसी) प्रिमियर कप अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाले कतारलाई १ सय ५८ रनको लक्षय दिएको छ।
बिहीबार कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित ४०.३ ओभरका सबै विकेट गुमाएर १ सय ५७ रन बनाएर अल आउट भयाे।
कतारका खेलाडीहरुकाे कसिलाे बलका अगाडि नेपाल ब्याट्स म्यानहरु टिक्न सकेनन्। नेपालका सन्दीप लामिछाने र कप्तान राेहितकुमार पाैडेलबाहेक अन्य ब्याट्स म्यान चल्न सकेनन्। ५८ बलकाे सामना गरेका सन्दीपले अविजित ४१ रन बनाए। भने, कप्तान पाैडेलले २७ रन बनाए।
ओपनर कुशल भुर्तेल दुई ओभरमा २ रन बनाएर आउट हुँदा भीम सार्कीले पनि ४ रन मात्रै बनाउन सके।
त्यस्तै असिफ शेखले २७, कुशल मल्लले ३, सोमपाल कामीले ११, दिपेन्द्र सिंह ऐरीले १२, गुलशन झाले ७ र १७ बलकाे सामना गरेका ललित राजवंशीले मात्रै १ रन बनाए।
नेपाललाई सस्तैमा समेट्न कतारका लागि अमिर फारिक र ओवाइस अहमदलले समान ३/३ तथा गयान मुनवारा २ विकेट लिए।
याे खेल जिते नेपाल समूह विजेता बन्नेछ। नेपाल यसअघि नै सेमिफाइनलमा पुगिसकेकाे छ।
कतार भने एक खेल पनि जित्न नसकेर समूह चरणबाटै बाहिरिएकाे छ।
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
सन् २०२५ मा ४६० नेपाली अमेरिकाबाट निस्कासित
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
नेपालका लागि अमेरिकी राजदूत थम्पसन फिर्ता
ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया