राहत कोषमा उद्योग वाणिज्य महासङ्घ प्रदेश नं ५ को सहयोग

रासस

रुपन्देही

कोरोना भाइरस नियन्त्रणका लागि प्रदेश नं ५  सरकारले स्थापना गरेको राहत कोषमा नेपाल उद्योग वाणिज्य महासङ्घ प्रदेश नं ५ समितिले रु दुई लाख ५१ हजार सहयोग गर्ने निर्णय गरेको छ।

कोरोना भाइरसका कारण देश विषम परिस्थितिमा परेको र यस समयमा राष्ट्र र जनतालाई बचाउन सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारबाट विभिन्न प्रयासहरु भइरहेका सन्दर्भमा उद्योगी व्यवसायीका तर्फबाट सहयोग गर्ने निर्णय गरिएको नेपाल उद्योग वाणिज्य महासङ्घ प्रदेश समितिका कार्यसमिति सदस्य उज्जल कसजुले जानकारी दिए।

नेपाल उद्योग वाणिज्य महासङ्घ प्रदेश समितिका अध्यक्ष गुणनिधि तिवारीले प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेललाई पत्राचार गरेर महासङ्घले प्रदेश सरकारले स्थापना गरेको कोरोना भाइरस नियन्त्रण कोषमा उद्योगी व्यवसायीका तर्फबाट सहयोग गर्ने निर्णय गरिएको जानकारीसमेत गराएका छन्।

प्रकाशित मिति: : 2020-03-26 06:06:53

प्रतिकृया दिनुहोस्