संक्रमणकालीन न्यायः नयाँ सरकार, पुरानो समस्या, दुखिरहने द्वन्द्वको घाउ
प्रतिस्णा रेग्मी
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले टी-२० लिगमा चार टिमको व्यवस्थापकले स्पट फिक्सिङको लागि प्रस्ताव देखिएकाे बताएको छ।
सीआईबीले सोमबार पत्रकार सम्मेलन गरी टी-२० लिगमा भएकाे स्पट फिक्सिङबारे जानकारी गराएको हो। सीआईबीले गत महिना त्रिवि मैदानमा आयोजना भएको लिगमा फिक्सिङमा १० जना व्यक्तिको संलग्न रहेको जानकारी दिएको छ। अनुसन्धान क्रममा फिक्सिङमा ६ जना विदेशी खेलाडी र ४ जना नेपालीहरुको संलग्नता रहेको पाइएकाे सीआईबीले जनाएको छ।
यसअघि सोमबार सीआईबीले सोमबार बिहान राष्ट्रिय क्रिकेटर मेहबुब आलम र राष्ट्रिय क्रिकेट टोलीका सदस्य आदिल अन्सारीलाई पक्राउ गरेको थियो। यता, सोमबार पक्राउ परेका पूर्व खेलाडी मेहबुब आलमले दुई जना नेपाली खेलाडीलाई फिक्सिङका लागि प्रस्ताव गरेको सीआईबीका प्रवक्ता संजय सिंह थापाले बताए।
त्यस्तै, सीआईबीले सोमबार पक्राउ परेका अर्का सदस्य आदिमले पनि स्पट फिक्सिङ गरेको प्रमाण फेला पारेको जनाएकाे छ। सीआईबीकाे अनुसार आदिमले एक खेलमा एउटा नो बल र एउटा वाइड फालेका थिए। गत महिना आयोजना भएको प्रतियोगितमा चार टिमका व्यवस्थापकको संलग्नता देखिएको बताएकाे छ।
यता, लिगभरि स्पट फिक्सिङका लागि ६ देखि १० लाखसम्म पारिश्रमिक पाउने गरी डिल गरेको सीहआईबीले बताएको छ। स्पट फिक्सिङ गरेका एक खेलाडीलाई व्यवस्थापकले सामाजिक सञ्जालमार्फत प्रस्ताव गरेको र अर्का खेलाडीलाई प्रत्यक्ष रुपमा प्रस्ताव गरेको अनुसन्धानको क्रममा पाइएकाे छ।
नेपाल टी–२० लिगको फ्रेन्चाइज टिम जनकपुर रोयल्सबाट खेलेका आदिलले पुस १२ गते काठमाडौं नाइट्स र १४ गते फार वेष्ट युनाइटेडविरुद्धको खेलमा मेहबुबको प्रस्ताव कार्यान्वयन गरेका सीआईबीले जनाएको हो।
संक्रमणकालीन न्यायः नयाँ सरकार, पुरानो समस्या, दुखिरहने द्वन्द्वको घाउ
दीपक भट्टसँग शेखर गोल्छाको पनि कनेक्सन, अनुसन्धान ‘प्रभावित’ पार्न राजनीतिक लबिङमा
बालेनको अबको ‘लेन’!
आमाको मुख हेर्ने दिनः स्वर्गवासी आमाको सम्झना
अदालतको निर्णयपछि एक हुन्छ कांग्रेस?
‘समस्या नेता मात्र होइन, नागरिक संस्कार पनि हो’
बालेन सरकारबाट जनतामा संशय पैदा हुने काम नहोस्
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया