निर्देशन पालना गर्न जिल्ला प्रशासनको आग्रह

रासस

बनेपा

जिल्ला प्रशासन कार्यालय काभ्रेले सरकारले गरेको निर्देशन पालना गर्न आग्रह गरेको छ। 

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले बुधबार बेलुका विज्ञप्ति जारी गर्दै कोरोना भाइरसको सम्भावित सङ्क्रमण, रोकथाम तथा नियन्त्रणका लागि सरोकारवाला निकायसँगको समन्वय र सहकार्यमा अधिकतम सावधानीको उपाय अपनाइरहेको बेलामा सम्पूर्ण जिल्लावासी नागरिकद्वारा घरभित्रै बसी निर्देशनको पालना गरिदिन आग्रह गरेका हुन्।

लकडाउन अटेर गर्ने १७१ मोटरसाइकल, तीन मिनीट्रक, १२ स्कुटर, चार कार, एक स्कारपियो, चार साइकल र दुई व्यक्तिलाई कारवाही गर्नुपरेको उल्लेख गर्दै अब त्यस्तो नगर्न प्रमुख जिल्ला अधिकारी तिमिल्सिनाले आग्रह गरेका छन्। 

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिना नेतृत्वको टोलीले निरन्तर जिल्लाको विभिन्न स्थानमा लकडाउनको अनुगमन गरिरहेको छ। 

प्रकाशित मिति: : 2020-03-27 01:03:25

प्रतिकृया दिनुहोस्