कोभिड–१९ : भारतबाट आएका ३११  क्वारेन्टाइनमा

रासस

डोटी

भारतका विभिन्न शहरबाट काम गरेर  आफ्ना घर फर्किएका ३११  स्थानीवासीलाई क्वारेन्टाइनमा राखिएको छ। 

पुरुष २५८, महिला २८ र बालबालिका २५ जना जिल्लाका विभिन्न स्थानमा बनाइएका क्यारेन्टाइनमा राखिएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख तथा प्रहरी उपरिक्षक दिलीपसिंह देउवाले जानकारी दिए।

उनका अनुसार आज मात्रै कैलाली र कञ्चनपुर क्षेत्रबाट  कम्तीमा पनि १५ जना डोटीका बासिन्दा आउँदै छन्। कैलालीबाट आउँदै गरेकाहरुलाई पनि सम्बन्धित स्थानीय तहका क्वारेन्टाइनमा राख्नका लागि व्यवस्था मिलाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 

कामका लागि भारत गएका जिल्लावासी अहिले भारतमा उनीहरु काम गर्ने कम्पनी बन्द हुन थालेपछि  घर फर्किन थालेका छन् ।

प्रकाशित मिति: : 2020-03-28 02:10:47

प्रतिकृया दिनुहोस्