आईसीसी विश्वकप लिग– २

आईसीसी विश्वकप लिग– २: स्कटल्याण्ट पहिले ब्याटिङ गर्दै, नेपाललाई इतिहास रच्ने माैका

आईसीसी विश्वकप लिग– २ अन्तर्गतको त्रिदेशीय एकदिवसीय अन्तराष्ट्रिय सिरिजको अन्तिम खेलमा नेपालले टस जितेर फिल्डिङ रोजेको छ। कीर्तिपुरस्थित त्रिवि मैदानमा अहिले नेपालले स्कटल्याण्टविरुद्ध बलिङ सुरु गरेकाे छ।

याे समाचार तयार पार्दासम्म ४.४ओभरमा २० रन बनाएर स्कटल्याण्टले ब्याटिङ गरिरहेकाे छ।

जारी सिरिजमा नेपाल लगातार चौंथो जितको खोजीमा रहेको छ। सिरिजको अघिल्ला तीनै खेल नेपालले जितेको थियो। नेपालले आजकाे खेल जितेमा आफ्नो एकदिवसीय क्रिकेटको ईतिहासमा पहिलो पटक लगातार चार खेल जित्नेछ।

सिरिजमा नेपाल २७ खेलमा ११ मा जित र १४ मा हारसहित २४ अंकका साथ छैटौं स्थानमा छ। स्कटल्याण्ड ३५ खेलमा २४ मा जित र ९ मा हारका साथ ५० अंकका साथ शीर्ष स्थानमा छ।

प्रकाशित मिति: : 2023-02-21 09:23:00

प्रतिकृया दिनुहोस्