पोखरामा रहेका पर्यटकलाई श्री एयर र पर्यटक बसबाट काठमाडौँ लैजाँदै

रासस

पोखरा

कोभिड–१९ रोकथामका लागि सरकारले अवलम्बन गरेको लक डाउनले पोखरामा अलपत्र परेका पर्यटक एवम् पर्यटनसँग आबद्ध मजदूरलाई  आज श्री एयरलाइन्स र पर्यटक बसबाट काठमाडौँ लैजाने व्यवस्था गरिएको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक दानबहादुर कार्कीले आज श्री एयरलाइन्स र पर्यटकबसबाट काठमाडौँ लैजाने व्यवस्था मिलाइएको जानकारी दिए। 

उnले शुक्रबार ५८ जना विदेशी पर्यटक चार्टर जहाजबाट काठमाडौँ गएको र त्यसअघि फ्रान्सेली दूतावासले ५९ जना आफ्ना नागरिकलाई बुद्ध एयर चार्टर गरेर काठमाडाँै लगेको बताए। 

आज श्री एयरलाइन्सले करीब एक सय ५० जना जतिलाई काठमाडौँ लाने व्यवस्था भएको उnले जानकारी दिए। उनले भने, 'श्रीका दुईवटा जहाजमा आज पर्यटकलाई काठमाडौँ लगिँदैछ, त्यसैगरी जहाजमा व्यवस्थापन हुन नसकेका, विभिन्न स्थानमा पदयात्रामा रहेर समयमै सम्पर्कमा आउन नसकेका र अन्य पर्यटकहरुलाई पर्यटक बसबाट लैजाने व्यवस्था गरिएको छ।'  कार्कीले पोखरामा करीब दुई सय जति पर्यटक भएको बताए।

ट्रेकिङ एजेन्सिज एसोसिएशन पश्चिमाञ्चलका (टान) अध्यक्ष हरि भुजेलले पर्यटक र पर्यटन सम्बद्ध मजदूरलाई लेक साइडको बाराहीचोकमा बिहान ११ बजे जम्मा हुन विभिन्न सामाजिक सञ्जाल र सम्बन्धित क्षेत्रबाट आह्वान गरिएको बताए। 

भुजेलले भने, 'अहिले १०÷१५ जना सम्पर्कमा आउनु भएको छ। हामीलाई प्राप्त जानकारीअनुसार आज बसबाट काठमाडौँ जाने करीब ६०÷७० जना पर्यटक गाइड र पोर्टर हुनुहुन्छ।'

प्रकाशित मिति: : 2020-03-29 01:51:38

प्रतिकृया दिनुहोस्