खाद्यान्नको अभाव हुन नदिन घुम्ती पसल सञ्चालन

रासस

कञ्चनपुर

खाद्यान्नको अभाव हुन नदिन कञ्चनपुर उद्योग बाणिज्य सङ्घले घुम्ती पसल सञ्चालन गरेको छ। 

भीमदत्त नगरपालिकाको पहलमा टोल टोलमा खाद्यान्नलगायतका सामग्री नगरवासीलाई घर दैलोमा उपलब्ध गराउन घुम्ती पसल सञ्चालन गरिएको हो।

विश्वव्यापी रुपमा महामारीको रुपमा फैलिएको कोरोना भाइरस नियन्त्रण गर्न सरकारले लकडाउन गरेको अवधिमा बजारमा भिड हुन नदिन घुम्ती पसल विकल्पका रुपमा रोजिएको सङ्घका अध्यक्ष जंगबहादुर मल्लले बताए। 

खाद्यान्नलगायतका अत्यावश्यक बस्तु किनमेल गर्न गाँउ घरमै पायक पर्ने ठाउँबाट प्राप्त गर्न सकिने गरी पसल सञ्चालन गरिएको उनले जानकारी दिए। पसलबारे माइकिङ्ग गरी नगरवासीलाई जानकारी दिइने कार्यसमेत भइरहेको छ। 

प्रकाशित मिति: : 2020-03-30 10:06:30

प्रतिकृया दिनुहोस्