लीला कोरोनाको

धन्य हो कोरोना तिमीले विश्वलाई लीला देखायौ ।
तिमी दैव हौ या भाइरस,
तिमीले मै हुँ भन्नेलाई घुडाँ टेकायौ ।
मानिसलाई उसको औकात देखायौ ।
नसोचेको भोग्नुपर्ने हुन सक्छ भनी सचेत गरायौ
तर के गर्छौ कोरोना ?
मान्छे न हो ऊ सबै जानेको भ्रममा जो छ ।
तिमीले मौका मौकामा मानवीयता नबिसर्न झक्झकायौ ।
भरपुर प्रकृति स्रोत उपहार दिलायौ
स्रोतबारे सजक रहन ओला ठडयौ
तर कोरोना, के गछौं ?
मान्छेको बलियो स्वार्थले उसलाई अन्धो बनायो ।
जीवन भोगमा समय वितायो ।
सृष्टिलाई लुछ्यो, चिथोर्‍यो
र त तिमी आक्रमण शैलीमा देखापर्‍यौ
हे तिमीले हामीलाई इतिहास रच्न समय दिलायौ
न्याय अन्याय छुट्याउन विवेक भरायौ ।
तर के गछौं फेरि पनि मान्छे लिन जान्यो दिन जानेन ।
हे दैव कोरोना तिमी कति परीक्षा लिन्छौ ?
तिम्रो शरणमा संसार रन्थनिएको छ ।
जाने नजाने तिम्रै लीला न हो ।
बच्न देऊ । परोपकारी बन्ने अर्को मौका देऊ ।

प्रकाशित मिति: : 2020-03-30 04:49:31

प्रतिकृया दिनुहोस्