बिएल संवाददाता
थाइल्याण्ड भ्रमणमा रहेका निबन्धकार तथा नियात्राकार युवराज नयाँघरेले थाई नेपाली ‘आदर्श’ पुस्तकालयको अवलोकन गरेका छन्।
थाई नेपाली संघ, बैंकक शाखा शिक्षा विभागद्वारा ‘सियेकवान्खेक’मा स्थापित आदर्श पुस्तकालयमा पुगी मदन पुरस्कार विजेता नयाँघरेले थाइल्याण्डको नेपाली समाज र युवा साहित्यप्रेमीसँग छोटो भलाकुसारी गरेका हुन्।
थाइल्याण्डमा नेपाली पुस्तकालयको स्थापना गरी नेपाली ‘भाषा-साहित्य’मा रुचिकर प्रवासी नेपाली विद्यार्थीहरूलाई सहजरूपमा पुस्तक अध्ययन गर्ने सुविधा प्रदान गरेको भन्दै उनले प्रंशसा पनि गरे।
पुस्तकालयको अवलोकन गर्न ‘सामाजिक भवन’ पुगेका नयाँघरेलाई साहित्य मन थाइल्याण्डका अध्यक्ष तथा थाई नेपाली संघ, बैंकक शाखा शिक्षा विभाग प्रमुख ओमप्रकाश न्यौपानेले स्वागत गरेका थिए।
‘आदर्श’ पुस्तकालयका पदाधिकारी तथा साहित्य मनका पदाधिकारीहरूले पुस्तकालयको अवलोकन गर्ने क्रममा नयाँघरेबाट थप सल्लाह मागेका थिए।
त्यस्तै, नेपालबाट लैजान सक्ने नेपाली साहित्यका उपयोगी पुस्तकबारे छलफल समेत गरे। थाइल्याण्डमा रहेको नेपाली समुदायमाझ नेपाली भाषा-साहित्यको विकास गर्ने उदेश्यले पुस्तकालय स्थापना गरिएको साहित्य मन थाइल्याण्डका अध्यक्ष न्यौपानेले बताएका छन्।
‘आदर्श’ पुस्तकालयको प्रवर्द्धनमा थाई नेपाली संघ बैंकक शाखाका अध्यक्ष रामकुमार ढुंगानासहित शिक्षा विभाग प्रमुख ओमप्रकाश न्यौपाने र साहित्य मनका पदाधिकारीहरू दीपा राना, डेबिड् अल्विन राउत, राज पौड्याल, रविचन्द्र अधिकारीलगायत खटिएका छन्।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया