वडाध्यक्षमाथि कुटपिट

रासस

बैतडी

पुर्चौडी नगरपालिका वडा नं ७ का वडाध्यक्ष रामबहादुर ऐर माथि  कुटपिट भएको छ। 

उनीमाथि सोही वडाका ३७ बर्षीय धर्मानन्द बडुले मदिरा सेवन गरी  आइतबार कुटपिट गरेको  प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेयले जानकारी दिए। वडाध्यक्ष ऐरको अवस्था सामान्य रहेको छ। 

यसअघि यही चैत १२ गते राती पुर्चौडी नगरपालिका ५ स्थित कुवाकोट स्वास्थ्य चौकीका अहेब करनसिंह धामी माथि  स्थानीय नरेन्द्र जागरीले कुटपिट गरेका थिए।  

यसैबीच कोरोनाको भाइरसको सम्भावित जोखिम रोकथाम गर्न किटनाशक औषधि (डिसइन्फेक्सन स्प्रे) छर्किन शुरु गरिएको छ। 

 दशरथचन्द नगरपालिकाको समन्वयमा शुुरु भएको अभियानमा पहिलो आइतबार  सदरमुकास्थित गढी र गोठलापानीमा औषधि छर्किएको प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिए।

 जिल्ला प्रशासन कार्यालयको पहलमा शुुरु भएको अभियान अन्तर्गत जिल्लाका भीडभाड हुने सबै बजारहरुमा स्प्रे गरिने जनाइएको छ। औषधि दशरथचन्द नगरपालिकाको दमकलको सहयोगमा नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरीले छर्किएको हो।
 
शाहिलेक लगायतका अन्य बजारमा आज किटनाशक औषधि छर्किने प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेयले जानकारी दिए। अत्यावश्यक काम बाहेक घर  बाहिर ननिस्कन उहाँले आह्वान समेत गरे।

प्रकाशित मिति: : 2020-03-30 13:37:44

प्रतिकृया दिनुहोस्