स्विस व्यापारी कोरोनाविरुद्ध लड्न चाहिने सामग्री किन्न चीन उडेँ

लक्ष्मण देवकोटा

जेनेभा ब्यूराे

कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या साढे तीनसय नाघेपछि र संक्रमित १५ हजार भन्दाबढि भएपछि स्वास्थ्य सामाग्रीको पहुँच आफ्नो सामर्थ्यबाट 
बाहिर जान लागेको ठहर गर्दै आवश्यक उपकरण खरिद गर्न स्विट्जरल्याण्डका ब्यापारी जहाज लिएर चीनतर्फ उडेका छन्। 

स्विस च्याम्बर अफ कमर्शको सक्रियता र जेनेभा च्याम्बर अफ कमर्शका ब्यापारीको अगुवाईमा कोरोना संक्रमित बिरामी र उपचारकर्मी, उद्दारकर्मीको लागि नभई 
नहुने भेष्ट,मास्क,पन्जा,ज्वरो नाप्ने थर्मामिटर,टोपी,कपडा गरी १ सय टन सामान किन्न उनीहरु चीन गएका हुन् । उनीहरुले संक्रमित भए नभएको जाँच्ने कीट, 
भेन्टिलेटरको निम्ति चाहिने स–साना उपकरण पनि खरिद गर्नेछन् । 

यसरी सामान खरिद गर्ने काममा यहाँका औषधी ब्यापारीकाे संस्था पनि समावेश भएकाे छ । औषधी आयात गर्दा भन्सारकाे सुविधा हुने छ। उनीहरुलाई भन्सार शुल्क लाग्ने छैन। लगभग १० मिलियन फ्र्यांक बराबरको सामान पहिलो खेपमा आयात गर्न लागिएकाे बताइएकाे छ। यही गतिमा बिरामी बढ्दै जाने हो भने अरु सामान पनि आयात गर्नुपर्ने अवस्था आउन सक्ने जेनेभा च्याम्बर अफ कमर्शले ठहर गरेकाे छ र यसका लागि पहल गर्ने याेजना पनि रहेकाे बताएकाे छ। 

संसारकै राम्रो स्वास्थ्य व्यवस्था भनिएको स्विट्जरल्याण्डमा पछिल्लो समय कोरोना संक्रमित बढेपछि अस्पताल भरिभराउ छन् । डाक्टरहरुले अत्यावश्यक 
सामानको अभावमा काम गर्नु परेकाे छ भने उनीहरुकै आग्रहमा सरकारलाई आवश्यक सामान जुनसुकै मूल्य चुकाएर भएपनि  ल्याउन दबाब परेकाे हाे। 
 

प्रकाशित मिति: : 2020-03-31 06:10:48

प्रतिकृया दिनुहोस्