
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
ध्रुब बस्याल
नेपाली नागरिकलाई नक्कली शरणार्थी बनाएर अमेरिका लैजान खोज्ने गिरोहका नाइके केशव दुलाल, बिचौलिया सानु भण्डारीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई साढे दुई करोड रुपैयाँ बुझाएको बयान दिएका छन्।
प्रहरी हिरासतमा रहेका ‘दलाल’ दुलाल र भण्डारीले तत्कालीन गृह सचिव राईले प्रयोग गर्दैआएको सरकारी गाडीभित्र साढे दुई करोड रुपैयाँ राखिदिएको दाबी गरेका छन्। ‘अभियुक्तहरूले दिएको बयानलाई थप पुष्टि गर्ने र राईलाई अनुसन्धानको घेरामा ल्याउने जिम्मा प्रहरीसँग छ,’ सरकारी वकील कार्यालय स्रोतले भन्याे।
नक्कली शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भन्दै करोडौँ ठगी गरेको आरोपमा उपत्यका अपराध अनुसन्धान कार्यालयले चैत १२ गते मोरङका दुलाल र ललितपुरका भण्डारीलाई पक्राउ गरेको थियो। प्रहरीले उनीहरूको बयान लिइरहेको छ।
उनीहरूसहित पाँचथरका टेक गुरुङ र मोरङका सागर थुलुङ राई पनि उपत्यका प्रहरीले पक्राउ गरेको थियो। बयानका क्रममा दुलालले तत्कालीन गृहसचिव राईको गाडीमा पैसा राखिदिएपछि भिडियो बनाएको र त्यो भिडियो आफूहरूले प्रहरीलाई सुम्पिएको दाबी गरेका छन्।
बिचौलियाहरूले आफ्नो समूहले गृह मन्त्रालयको कार्यकक्षमा तत्कालीन सचिव राईलाई भेट्दा ‘पार्किङको गाडीमा साढे दुई करोड रुपैयाँ राखिदिएको सूचना’ दिएको बयानमा भनेका छन्। आफूहरूको बयानलाई प्रहरीले गम्भीर रुपमा नलिएको भन्दै गिरोहका नाइके दुलाल प्रहरी अधिकारीसँग असन्तुष्ट छन्।
त्यतिखेर गृहमन्त्रालमा तत्कालीन गृहसचिव राई र आफूहरूबीच भएको गोप्य कुराकानीको अडियो बनाएको र त्यो अडियो पनि भिडियोसँगै प्रहरीलाई दिएको दुलालको दाबी छ। तर प्रहरी शक्तिकेन्द्रको दबाब कारण राईलाई नजरअन्दाज गर्दै आएको अभियुक्तहरूको गुनासो रहेको सरकारी वकील कार्यालयका एक अधिकारीले बताएका छन्।
उनीहरूले बयानका क्रममा बारम्बार अख्तियार प्रमुख राईको नाम मुछिरहेका छन्। तर राईसमेत जोडिएको नक्कली भुटानी शरणार्थी प्रकरणमा बिचौलियाहरूबाट ‘भिडियो–अडियो’ पाउँदासमेत प्रहरी मौन छ।
नक्कली शराणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँण, पूर्व ऊर्जामन्त्री टोपबहादुर रायमाझी, सुरक्षाविद् इन्द्रजित राई, सचिव टेकनारायण पाण्डे, पूर्वसांसद् आङतावा शेर्पासहित १४ जना पक्राउ परिसकेका छन्। त्यस्तै, पूर्वगृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीक र इन्द्रजीतका छोरा निरज भने फरार छन्।
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
जेन–जेड आन्दोलनः सत्ताबाट ‘बेदखल’ राजनीतिक दलहरू, विना मुद्धा सोझै ‘एक्पोज्ड’ भ्रष्ट नेताहरू
नेपाली राजनीतिमा उमेर र अनुभवको रंगमञ्च: भीमसेन थापादेखि सुशीला कार्कीसम्म
सभापति देउवा संस्थापन समूहकै ‘घेराबन्दी’मा
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
शान्त प्रदीप्त चेतनको आगोः साधना अधिकारी (प्रधान)
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया