कोभिड –१९ : डोल्पामा १३२ जना क्वारेन्टाइनमा

रासस

जाजरकोट

‘लकडाउन ’को समयमा डोल्पा जिल्ला फर्किएका १३२ जनालाई  विभिन्न स्थानका  क्वारेन्टाइनमा राखिएको छ। 

कोरोना भाइरस (कोभिड–१९) जोखिम हुन नदिन ठुलिभेरी, त्रिपुरासुन्दरी नगरपालिका र वुद्धडोल्पो गाउँपालिकाका विभिन्न स्थानमा तयार गरिएको क्वारेन्टाइन उनीहरुलाई राखिएको प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले जानकारी दिए। 

सबै  भन्दा बढी ठुलिभेरी नगरपालिकामा  ७५ जनालाई  क्वारेन्टाइनमा राखिएको नगरपालिकाका सूचना अधिकारी दिलु केसीले जानकारी दिए। 

 त्रिपुरासुन्दरी नगरपालिकाका २ जनालाई ‘होम क्वारेन्टाइन’ र  ठुलिभेरी नगरपालिका अन्तर्गत वडा नं ३ स्थित सरस्वती माध्यामिक विद्यालय दुनैमा बनाइएको क्वारेन्टाइनमा ३३ जनालाई राखिएको छ। 

सोही नगरपालिका वडा नं ५ माझफाल स्थित स्वास्थ चौकीको क्वारेन्टाइनमा १६ जना राखिएको छ।  नगरपालिकाकै वडा नं ८ मा पर्ने गौरी आधारभूत विद्यालय डाँगीवाडाको क्वारेन्टाइनमा १० जना राखिएको छ।

ठुलिभेरी नगरपालिका वडा नं ७ मा पर्ने आदर्श माध्यामिक विद्यालय जुफालको क्वारेन्टाइनमा १६ जना राखिएको छ। तीन ठाउँमा (जुफाल , मोतीपुर , कालिका मन्दिर) स्वाथ्य सहायता कक्ष स्थापना गरिएको छ।  

नगरप्रमुख गणेसबहादुर शाही र उपप्रमुख योगेन्द्रबहादुर शाही काठमाडौँमा रहेका कारण व्यवस्थापनमा समस्या देखिएको छ। त्यस्तै उपप्रमुख शाही लामो समयदेखि बाहिर हुँदा बजार अनुगमन समेत हुन सकेको छैन।
 
 डोल्पोवुद्ध गाउँपालिका – २  मा ५५ जनालाई कृष्टेल माण्टेनमा क्वारेन्टाइन बनाएर राखिएको प्रजिअ  सुनारले जानकारी दिए। १३ जनालाई पठाएको भएपनि क्वारेन्टाइनमा राखिएका वा नराखिएका जानकारी नआएको उनले जानकारी दिए। मुड्केचुला गाउपालिका –१ कालिकाको भोटाऔलमा क्वारेन्टाइन निमार्ण गरिएको छ।

 रुकुमको त्रिवेणी बजारदेखि मुड्केचुला गाउँपालिका प्रवेशद्वार  भोटाऔलम सामुदायिक स्वस्थ्य भवनमा क्वारेन्टाइन तयार गरिएको गाउँपालिकाका अध्यक्ष दत्तबहादुर शाहीले जानकारी दिए। 

भोटाऔल बस्तिहुदँै मुड्केचुला,जगदुल्ला,जुम्ला लगायतका ठाउँहरुबाट आवतजावत गर्ने मुख्य नाका भएकोले यस ठाउँमा बनाएको छ।

 जगदुल्ला गाउँपालिकाले ३ ठाउँमा ११ श्ययाको  आइसोलेशन कक्ष स्थापना गरेको छ। ६  वडा रहेको सो  गाउँपालिकामा जुम्ला र डोल्पाको सीमानाकामा पर्ने चौरीकोट स्वास्थ्य चौकी चौरीकोट,रिमी स्वस्थ्य चौकी झ्याकोट र काईगाउँ स्वास्थ्य चौकी काइगाउमा सबै जनताको पायक पर्ने ठाउँ हेरेर तीन ठाउँमा गरी ११ श्ययाको आइसोलेशन वार्ड स्थापना गरिएको गाउँपालिका अध्यक्ष नारासिं रोकायले जानकारी दिए।
 
जिल्ला अस्पतालमा दुइ जना आइसोलेसनमा भर्ना गरिएको छ। शे(फोक्सुण्डो राष्ट्रिय निकुञ्जका दुई जना कर्मचारीलाई अस्पतालको आइसोलेसनमा राखिएको डा सिजन रावलले जानकारी दिए। 

उनका अनुसार ती कर्मचारी लकडाउन  अघि डोल्पा आएका थिए। डोल्पाको स्वास्थ्य सेवा कार्यालयमा सम्भावित कोरोना भाइरसको उपचारका लागि आवश्यक उपकरण  तथा स्वास्थ्यकर्मीका लागि पिपिई अभाव रहेको प्रजिअ सुनारले जानकारी दिए।

प्रकाशित मिति: : 2020-03-31 12:30:33

प्रतिकृया दिनुहोस्