
जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
बिएल संवाददाता
चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-२० क्रिकेटमा पोखरा राइनोजले पहिलो जित निकालेको छ। कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा बुधबार भएकाे खेलमा साविक विजेता ललितपुर प्याट्रीयट्सलाई ९ विकेटले पराजित गर्दै पोखराले पहिलो जित निकालेको हो।
ललितपुरले दिएको ५२ रनको लक्ष्य पोखराले ६ ओभर ३ बलमा १ विकेट गुमाएर पूरा गर्याे।
पोखराको जितमा रिचार्ड लेभीले अविजित रहदै ३८ रन बनाए। उनले २२ बलमा ५ चौका र १ छक्का प्रहार गरे। त्यस्तै, रित गौतमले १२ तथा साहन अराचिगे १ रनकाे याेगदान गरे।
ललितपुरका अज्मातुल्लाह ओमार्जाईले १ विकेट लिए।
वर्षाका कारण मैदान भिजेका कारण ७ ओभरमा झारिएको थियो। जस अनुसार टस हारेर पहिले व्याटिङ गरकाे ललितपुरले निर्धारित ७ ओभरमा ६ विकेट गुमाएर ५१ रन बनाएको थियो।
ललितपुरका लागि सन्दुन वीराक्कोडीले सर्वाधिक १९ रन बनाए। भने, ओशाडा फर्नान्डोले अविजित १० रन जोडेर अविजित रहे। नारायण जोशी ११ तथा कप्तान कुशल भुर्तेल ३ रन बनाएर आउट भए।
पोखराका नन्दन यादवले ३ विकेट लिए। बिक्रम सोबले २ तथा केस्रिक विलियम्सले १ विकेट लिए।
याे जितसँगै पोखरा तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। पोखराले २ खेलमा ३ अंक रहेकाे छ। भने, अंक विहीन ललितपुर पुछारमा रहेको छ।
जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
दशैँको टीका र जमराको शास्त्रीय साइनो
विश्व शान्ति दिवसमा अशान्त मन!
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया