‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
बिएल संवाददाता
चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-२० क्रिकेटमा पोखरा राइनोजले पहिलो जित निकालेको छ। कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा बुधबार भएकाे खेलमा साविक विजेता ललितपुर प्याट्रीयट्सलाई ९ विकेटले पराजित गर्दै पोखराले पहिलो जित निकालेको हो।
ललितपुरले दिएको ५२ रनको लक्ष्य पोखराले ६ ओभर ३ बलमा १ विकेट गुमाएर पूरा गर्याे।
पोखराको जितमा रिचार्ड लेभीले अविजित रहदै ३८ रन बनाए। उनले २२ बलमा ५ चौका र १ छक्का प्रहार गरे। त्यस्तै, रित गौतमले १२ तथा साहन अराचिगे १ रनकाे याेगदान गरे।
ललितपुरका अज्मातुल्लाह ओमार्जाईले १ विकेट लिए।
वर्षाका कारण मैदान भिजेका कारण ७ ओभरमा झारिएको थियो। जस अनुसार टस हारेर पहिले व्याटिङ गरकाे ललितपुरले निर्धारित ७ ओभरमा ६ विकेट गुमाएर ५१ रन बनाएको थियो।
ललितपुरका लागि सन्दुन वीराक्कोडीले सर्वाधिक १९ रन बनाए। भने, ओशाडा फर्नान्डोले अविजित १० रन जोडेर अविजित रहे। नारायण जोशी ११ तथा कप्तान कुशल भुर्तेल ३ रन बनाएर आउट भए।
पोखराका नन्दन यादवले ३ विकेट लिए। बिक्रम सोबले २ तथा केस्रिक विलियम्सले १ विकेट लिए।
याे जितसँगै पोखरा तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। पोखराले २ खेलमा ३ अंक रहेकाे छ। भने, अंक विहीन ललितपुर पुछारमा रहेको छ।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया