४४० परिवारलाई खाद्य सामग्री

रासस

तनहुँ

बन्दीपुर गाउँपालिका कार्यालयले गाउँपालिकाका विपन्न परिवारलाई खाद्य सामग्री वितरण गरेको छ। 

गाउँपालिकाका छ वडामध्ये आजसम्म तीन वडाका ४४० परिवारलाई एकएक बोरा चामल र नुन वितरण गरिएको गाउँपालिका अध्यक्ष पूर्णसिं थापाले जानकारी  दिए। उनका अनुसार गाउँपालिकाका वडा नं १, ४  र ५ का वडा बासिन्दालाई खाद्य सामग्री वितरण गरिएको हो। 

१८ शय्याको क्वारेन्टाइन
 
 गाउँपालिकामा हालसम्म छ वडामा तीनतीन शय्या क्षमताको गरी १८ शय्याको क्वारेन्टाइन र आठ शय्याको आइसोलेशन वार्ड स्थापाना गरिएको गाउँपालिका अध्यक्ष थापाले बताए। 

उनका अनुसार गाउँपालिकामा ४८  स्वास्थ्यकर्मी रहेकामा २२ थान मात्रै पिपिई उपलब्ध भएको छ। गण्डकी प्रदेशबाट पिपिई उपलब्ध गराएको भएपनि जनशक्ति अनुरुप पाउन नसक्दा स्वास्थ्यकर्मीहरु उपचारमा संलग्न गाह्रो मान्ने गरेका छन्। उनले गुनासो पोखे। 

कमाण्ड पोष्टद्वारा सुरक्षा व्यवस्था 

विभिन्न देशबाट घर फर्किएका व्यक्तिलाई सम्बन्धित स्थानीय तहमा स्थापना गरिएका करेण्टाइनमामा राखिएको र तिनलाई कोभिड–१९ कमाण्ड पोष्टले सुरक्षा व्यवस्था गर्ने भएको छ। 

जिल्ला प्रशासन कार्यालय तनहुँमा आज बसेको बैठकले क्वारेन्टाइनमा रहेका व्यक्तिको अनिवार्य रुपमा अभिलेख राख्ने, स्वास्थ्य परीक्षणको व्यवस्था मिलाउने र आवश्यक कार्यान्वयनका लागि स्वयं स्थानीय तहले गर्नुपर्ने निर्णय गरेको छ। 
.
 ५५९ जनाले लिए सवारी पास 

जिल्ला प्रशासन कार्यालयबाट सवारी साधनको पास लिनेको संख्या उल्लेखनीय रहेको छ। सोमबारसम्म दुई पाङ्ग्रे २८९ र चारपाङ्ग्रे २७० गरी ५५९ जनाले  विभिन्न सवारी साधनका पास लिएका छन्।
 
तनहुँ जलविद्युत्, सडक, भवन निर्माण आयोजनामा कार्यरत मजदूरलाई सवारी साधन पास प्रदान गरेर आआफ्नो घरमा जानका लागि पठाइएको जिल्ला प्रमुख अधिकारी बद्रीनाथ अधिकारीले जानकारी दिए। 

जिल्ला आएकाको तथ्याङ्क छैन : प्रजिअ

जिल्ला प्रशासन कार्यालयले बाहिर जिल्ला वा विदेशबाट आएका व्यक्तिहो तथ्याङ्क प्रशासन कार्यालयमा नरहेको जनाएको छ। 

वैदेशिक रोजगारीबाट फर्किएकाहरु तनहुँमा ५१० जना रहेको स्वास्थ्य कार्यालयका प्रमुख शंकरबाबु अधिकारीले जानकारी दिए।

करिब दुई साताका अवधिमा जिल्लाभित्र भारत, संयुक्त अरब इमिरेट्स, कतार, अमेरिका, जापान, अष्ट्रेलिया, मलेसियालगायत विभिन्न देशबाट उनीहरु फर्किएको उनले बताए।
 

प्रकाशित मिति: : 2020-03-31 18:24:02

प्रतिकृया दिनुहोस्