लकडाउन नवौ दिन {फोटोफिचर}

विश्वव्यापी फैलिएको कोरोना भाइरसको सम्भावित संक्रमण रोक्न नेपाल सरकारले विगत ९ दिनदेखि लकडाउन गरेको छ।

विश्व स्वास्थ्य संगठनलेसमेत नेपाल कोरोनाको उच्च जोखिममा रहेको भन्दै सचेत गराइसकेको छ।

नेपालका बजार पसल र सडकहरू सुनसान छन्।

काठमाडौंको पर्यटकीय क्षेत्र ठमेल, कान्तिपथ, दरबारमार्ग, पुतलीसडक, नयाँ बानेश्वर, तिनकुने, कोटेश्वरका बजार  सडक सुनसान छन्।

नेपाल वायु सेवा निगमले आज नेपाल घुम्न आएका केही अष्ट्रेलियन नागरिकलाई लिएर गएको छ। ठमेलमा घर जान पाएर केही पर्यटकहरू खुसी देखिन्थे भने केही स्तब्ध थिए।

लकडाउनलाई आज पनि प्रहरीले कडा चेक गरिरहेको छ। अत्यावश्यक बाहेक अन्य सवारी साधन नियन्त्रणमा लिनुका साथै कारबाहीसमेत गरेको छ। यस्तै साझ बिहान तरकारी र अत्यावश्यक पसल केहीबेर खोल्नुबाहेक अन्य कुनै पनि पसलहरू खुलेका छैनन्।

हेर्नुहोस् लकडाउनको नवौ दिन यस्तो देखियो काठमाडौं

प्रकाशित मिति: : 2020-04-01 21:31:52

प्रतिकृया दिनुहोस्