दिल्लीमा सम्पन्न ईस्लामी जमातमा सहभागी भएका ११ जना पटेर्वा सुगौलीबाट पक्राउ

भारतको नयाँ दिल्लीमा सम्पन्न मुस्लिम समुदायको धार्मिक सभामा सहभागी भएका ११ जना पर्साको पटेर्वा सुगौलीबाट पक्राउ परेका छन्। दिल्लीबाट फर्किएको स्थानियको सूचनाको आधारमा बुधबार साँझ ईलाका प्रहरी कार्यलय पटेर्वा सुगौलीले ११ जना ईस्लामीक जमातीलाई नियन्त्रणमा लिएको हो। 

मुस्लिम समुदायको दिल्ली धार्मिक सभा लगायत भारतको अन्य ठाउँबाट सहभागी भई आफ्नो घरमा आएर लुकी बसेका ११ जनालाई  पटेर्वा सुगौली गाउँपालीका वाडा नम्बर १ सोनवर्साको कन्चनपुर गदियानी, बैरियामा रहेको मदरसा तथा घरबाट बुधबार साँझ ७ बजे नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । 

भारतको दिल्लीमा सम्पन्न मुस्लीम समुदायको धार्मिक सभाको कारण ठुलो संख्यामा दिल्लीमा कोरोना भाइरसको संक्रमण फैलिएको तथ्य सार्बजनिक भएपछि नेपालबाट गएका मुस्लिम समुदायहरुको खोजतलासमा गृहमन्त्रालय लागेको छ । 

स्थानिय बासिन्दाको सूचनाको आधारमा पक्राउ  परेका  ११ जनालाई अहिले सिदार्थ माध्यमिक विद्यालयमा बनाएको क्वारेन्टाइनमा राखिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। प्रहरी उपरीक्षक गंगा पन्तका अनुसार  ११ जना गरि १४ जनालाई राती नै क्वारेन्टाइनमा राखिएको जनाइएको छ ।
 

प्रकाशित मिति: : 2020-04-02 08:34:37

प्रतिकृया दिनुहोस्