‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
अनलाइनखबर
आइतबार दिउँसो तीन बजेको थियो। सुर्खेतस्थित कर्णाली प्रदेश अस्पतालको कोभिड कक्ष बाहिर एक जोडीको विरक्त चिच्याहट पर–परसम्म सुनिइरहेको थियो।
पुरुषको विरक्त आवाज सुनिन्थ्यो– ‘लौन हजुर, बुढेसकालको सहारा रहेन, लास कोलियामा छ, ठाउँ ठेगान लाइदिनुपर्यो।’
उनकै छेउमा रहेकी महिलाको विलौना थियो– ‘हे भगवान ! तैंले आज के दिन देखाइस्…, अब कसको सहारामा बाँचौ…?’
पछि थाहा भयो, उनीहरु आइतबार बिहान मात्रै मृत्यु भएका पञ्चपुरी–११ का ३३ वर्षीय युवकका आमा–बुवा रहेछन्।
प्रदेश अस्पतालको आईसीयू वार्डको यो दृश्यले कोख खोसिँदाको पीडा मात्र बोलिरहेको थिएन, कर्णाली प्रदेशमा कोरोनाको संकट पनि प्रतिबिम्बित भइरहेको थियो।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया