जोखिम रोक्न झोलुङ्गे पुल बन्द

रासस

राजापुर

मानिसहरुको आवागमनका कारण कोरोना भाइरसको सम्भावित जोखिम हुने भएकाले बर्दियाको मधुवन र बारबर्दिया नगरपालिका जोड्ने कुसुम्बा घाटको झोलुङ्गे पुलमा ताला लगाइएको छ।

मधुवन नगरपालिका भारतीय सिमानासँग जाडिएको र व्यापार व्यवसाय गर्न तथा आफन्त भेटघाट भन्दै मान्छेहरु गाउँमा आउने क्रम बढ्न थालेपछि बारबर्दिया –४ का वडाध्यक्ष मान बहादुर थारुले झोलुङ्गे पुलमा ताला लगाइएको जानकारी दिए।

पुलको वारी र पारी जालीबाँधेर ताला लगाइएको छ। स्थानीय टोल सुधार समिति, प्रहरी, सरोकारवाला लगायतका निकायसँग समन्वय गरी ताला लगाउने निर्णय गरिएको थारुले बताए।

प्रकाशित मिति: : 2020-04-02 09:53:49

प्रतिकृया दिनुहोस्