विश्वकप फुटबल

आन्द्रेस एस्काेबार: जाे विश्वकप फुटबलमा गाेल गरेकै कारण मर्नु परेकाे थियाे

Photo:twitter, agency
Photo:twitter, agency

संसारकाे सबैभन्दा लाेकप्रिय खेल हाे, फुटबल। आजको दिनसम्म पनि ‘फुटबल’लाई खेलको राजा भनेर चिनिन्छ।

अहिले कतारमा जारी फुटबलको महामेला फिफा विश्वकप फुटबल हेर्न विश्वभरका मानिस कतारमा छन्। आफ्नाे देश, खेलाडी र खेलको समर्थन गर्न मानिसहरु कतारमा ओइरिएका छन्। विश्वकप फुटबलमा खेलाडीले आफूलाई तब विश्वभर परिचित गर्छन, जब उनीहरुले गोल गर्छ।

विश्वकपमा गोल गरेका खेलाडीको नाम इतिहासमै रचिन्छ। तर, विश्वकप इतिहासमा एउटा यस्तो घटना घटेकाे छ, जसले गोल गरे बापत खेलाडीले ठुलो दण्ड भाेग्नु परेकाे छ। यस्तो दण्ड जसलाई अहिलेसम्म विश्वले भुल्न सकेको छैन्।

त्यो घटना हो, सन १९९४ मा अमेरिकामा आयाेजना गरिएकाे विश्वकपकाे। जतिबेला विश्वकपमा काेलम्बियाका एक हाेनहार खेलाडीकाे हत्या भएकाे थियाे।

के भएको थियो ?

संयुक्त राज्य अमेरिकाले आयोजना गरेको सन १९९४ को विश्वकप फुटबलमा कोलम्बियाका खेलाडी आन्द्रेस एस्काेबारकाे हत्या भएकाे थियाे। अमेरिका र कोलम्बियाको खेलमा एस्काेबारले अमेरिकाकाे लागि आफ्नै गोलपोष्टमा आत्मघाती गोल गरेपछि उनलाई सन १९९४ जुलाई २ मा गाेली हानि मारिएकाे थियाे। उनलाई सिनालो काटर्ल ग्याङले ६ गाेली हानेर मारेका थिए।

को हुन्, आन्द्रेस ?

सन १९६७ मा कोलम्बियामा जन्मेका आन्द्रेस एस्काेबार कोलम्बिया राष्ट्रिय टोलीका डिफेन्डर थिए। उनकाे जर्सी नम्बर २ थियाे।

उनले सन १९८८ बाट सिनियर टोलीमा डेब्यू गरेका थिए। उनले सोही खेलमा एक गोल गरी टिमलाई क्यानडामाथि ३-० ले विजय गराएका थिए। उनले सोही वर्ष १९८८ मा इंग्लान्डविरुद्ध अन्तर्राष्ट्रिय गोल गर्न सफल भएका थिए।

सन १९९४ को विश्वकपमा काटर्ल ग्याङले कोलम्बिया राष्ट्रिय टोलीमाथि ठुलाे रकमकाे बाजी लगाएका थिए। भने, काटर्लले विश्वकप जित्न टोलीलाई धेरै दबाब दिएका थिए। टोलीभित्र सबै जना डराए पनि एस्काेबारले सबैलाई हिम्मत दिएर खेलिरहेका थिए।

विश्वकपमा पराजित भएपछि काटर्ल ग्याङले कोचलगायत सबै खेलाडीलाई गोली हानेर हत्या गर्ने धम्कीसमेत दिएका थिए।

कोलम्बिया र अमेरिकाबीच भएको खेलमा एस्काेबारले अञ्जानमा अमेरिका लागि आफ्नै गोलपोष्टमा आत्मघाती गोल गरे र कोलम्बिया अमेरिकासँग पराजित भएर समूह चरणबाटै बाहिरिएकाे थियाे। यता कोलम्बियामाथि बाजी राखेका काटर्ल ग्याङले आन्द्रेस एस्केबरकलाई मार्ने योजना बनायाे।

२ जुलाई १९९४ मा आन्द्रेस आफ्नाे केही साथीसँग क्लबमा गएका थिए भने सोही ठाउँमा काटर्ल ग्याङका केही व्यक्ति आएर उनी माथि ६ गोली प्रहार गरेका थिए। गाेली प्रहारबाट घाइते भएका उनकाे अस्पताल लैजान्दै गर्दा बाटाेमै मृत्यु भएकाे थियाे।

उनको निधनलाई आजसम्म पनि विश्वको सबैभन्दा महंगो गोल मानिन्छ। उनको शवयात्राका बेला १ करोड मानिसको सहभागिता रहेकाे थियाे।

के हाे काटर्ल ग्याङ ?

काटर्ल ग्याङका प्रमुख व्यक्ति हुन्, पब्लो एस्कोबार। उनको एउटा रोचक तथ्य छ। उनले आफ्नाे छोरीलाई जाडो भएकोले दुई अर्ब रुपैयाँको आगो बालेर तपाएका थिए।

उनीलाई त्यसबेला एकदमै धनी मानिसको रुपमा लिइन्थ्याे।

सिनालो काटर्ल विश्वकको एक ठूलो अन्तर्राष्ट्रिय संगठित अपराधिक समूह हाे, जसले अवैध लागुऔषध तस्करी र मनी लाउन्ड्रिंग गर्थ्याे। याे समूह सन १९८० मा मेक्सिकमा स्थापित भएको थियो।

सो, ग्याङभित्र भएकाहरु मुख्यतया कोकिन, हेरोइन, मेथाम्फेटामाइन, फेन्टानिल, क्यानाबिस र एमडीएमएको बिक्री वितरणमा संलग्न थिए। सोही ग्याङले विश्वमा आयोजना हुने ठुला ठुला प्रतियोगिता एवम् कार्यक्रममा सट्टेबाजी गर्थ्याे।

सोही क्रममा सन १९९४ मा आयोजना भएको विश्वकपमा सिनालो काटर्लले कोलम्बियामाथि बाजी राखेको थियो भने आन्द्रसले त्यस खेलमा आत्माघाती गोल गरेर अमेरिका विजय भएपछि आफूले हारेको भएर उनलाई गाेली हानेर हत्या गरे।

उनको हत्या डग्स काटर्लका बडीगार्ड हम्मबेरोट क्यास्टोले गरेको स्वीकार गरेका छन्। हम्मबेरोटलाई ४३ वर्ष जेल सजाय सुनाइएकाे थियाे तर उनी ११ वर्षमै छुटे।

प्रकाशित मिति: : 2022-12-05 10:28:00

प्रतिकृया दिनुहोस्