मेगा बैंकले काेराेना कोषमा एक करोड ३५ लाख दिने

रासस

काठमाडौँ

मेगा बैंक नेपाल लिमिटेडले कोरोना भाइरस रोकथामका लागि सङ्घीय र प्रदेश सरकारले स्थापना गरेको राहत कोषमा कूल रु एक करोड ३५ लाख सहयोगको घोषणा गरेको छ। 

बैंकले केन्द्रको कोषमा रु एक करोड र सातैवटै प्रदेशले स्थापना गरेको कोषमा रु पाँच÷पाँच लाख गरी जम्मा रु एक करोड ३५ लाख सहयोग गर्ने निर्णय गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीले जानकारी दिए। बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत हुने यो सहयोगमा बैंकका एक हजार २०० भन्दा बढी कर्मचारी र सञ्चालक समितिका सदस्यले पनि व्यक्तिगत योगदान गर्नेछन्। 

प्रकाशित मिति: : 2020-04-02 18:26:24

प्रतिकृया दिनुहोस्