कोरोना संक्रमित कनिकाको स्वास्थ्य अवस्था सामान्य

बिएल संवाददाता

नयाँदिल्ली

कोरोना संक्रमित बलिउड गायिका कनिका कपुरको स्वास्थ्यमा सुधार आएको छ। उनको शरीरमा कोरोना संक्रमण नदेखिएको कनिकाको परिवारले बताएका छन्। चिकित्सकहरु पनि अब कनिकाको अवस्था सामान्य भइसकेको बताउँछन्। 

दुई सातादेखि लखनऊको संजय गान्धी पिजिआई अस्पतालमा उपचाररत कनिकाको स्वास्थ्यमा सुधार आएको हो। हालसम्म कनिकाको ५ वटा टेष्ट भएको थियो। जसमा ५ वटा नै टेष्ट कोरोना पोजेटिभ देखिएको थियो। 

कनिका र उनको परिवार छैटौं रिपोर्टको पर्खाईमा छन्। यदि छैटौं रिपोर्टमा कोरोना संक्रमण नदेखिए कनिका आफ्नो घर फर्कन सक्नेछिन्।

लखनऊको एक भव्य होटलमा पार्टी दिएकी कनिकालाई कोरोना देखिएपछि उनले अन्य व्यक्तिमा पनि कोरोना सारेको हुन सक्ने अनुमान गरिएको थियो। तर, उनको सम्पर्कमा आएका कसैलाई पनि कोरोना पोजेटिभ देखिएको छैन।

प्रकाशित मिति: : 2020-04-04 09:43:32

प्रतिकृया दिनुहोस्