संक्रमणकालीन न्यायः नयाँ सरकार, पुरानो समस्या, दुखिरहने द्वन्द्वको घाउ
सन्तोष बराइली
सिरहाको सखुवाननकारकट्टी गाउँपालिकाका करिब २ सय महिला अहिले क्रिष्टलको गहना बनाउने तालिममा व्यस्त देखिन्छन्।
गृहणी महिलालाई लक्षित गरेर गाउँपालिकाले क्रिष्टलको गहना बनाउने तालिम सञ्चालनमा ल्याएको हो। क्रिष्टलको गहना महंगोमा बिक्री हुन्छ।
तीन वटा डिजाइनको पोते र हातमा लगाउने बाला बनाउने तालिम दिँदै आएकी लक्ष्मी पौडेल महिलालाई स्वाभलम्वी बनाउन पाएकोमा दंग छिन्। गाउँपालिका प्रमुख केदारनाथ यादवले बिएल नेपाली सेवालाई यस विषयमा जानकारी दिँदै भने, ‘तालिममा २ सय महिला सहभागी छन्। घरै बसेर महिलाले अर्थोपार्जन गरून् भनेर क्रिष्टलको गहना बनाउने तालिमको ब्यवस्थापन गरेका छौं।’
महिलाहरुले बनाएको गहनाको बजार ब्यवस्थापन पनि गाउँपालिकाले गरिदिएको छ। अर्थात तयारी भएका गहनाहरु कहाँ बेच्ने भन्ने दुविधामा महिलाहरु छैनन्। यस किसिमको तालिमले महिलामा उत्साह बढेको तालिमकर्ता पौडेल बताउँछिन्।
गाउँमा घुम्टो ओढेर बस्ने महिला पनि तालिममा लालायित देखिनुले यो क्षेत्रमा सामाजिक परिवर्तन पनि देखिन थालेको छ।
तालिममा महिलाको उत्साहजनक सहभागिताले हौसिएका गाउँपालिका प्रमुख यादवले ५ नं. वडामा भने सिलाईकटाईको तालिम सुरू गर्न लागेको बताएका छन्।
संक्रमणकालीन न्यायः नयाँ सरकार, पुरानो समस्या, दुखिरहने द्वन्द्वको घाउ
दीपक भट्टसँग शेखर गोल्छाको पनि कनेक्सन, अनुसन्धान ‘प्रभावित’ पार्न राजनीतिक लबिङमा
बालेनको अबको ‘लेन’!
आमाको मुख हेर्ने दिनः स्वर्गवासी आमाको सम्झना
अदालतको निर्णयपछि एक हुन्छ कांग्रेस?
‘समस्या नेता मात्र होइन, नागरिक संस्कार पनि हो’
बालेन सरकारबाट जनतामा संशय पैदा हुने काम नहोस्
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया