चार तले आफ्नो कार्यालयको भवनलाई क्वारेन्टाइन सेन्टर बनाउँदै शाहरुख

बलिउड अभिनेता शाहरुख खानले आफ्नो कार्यालयको चार तले भवनलाई क्वारेन्टाइन सेन्टर बनाउन प्रस्ताव गरेका छन् । 

 बालबालिका, महिला र वृद्धवृद्धाको रेखदेखको लागि शाहरुख खानले आफ्नो कार्यालयको चार तले भवनलाई क्वारेण्टीन सेन्टर बनाउने प्रस्ताव घोषणा गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

बृह्नमुम्बई महानगरपालिकाले आफ्नो आधिकारिक ट्विटर ह्याण्डलबाट यो जानकारी दिएको भएपनि खान दम्पतीले भने आफ्नो कुनै पनि सामाजिक सञ्जालमा यसबारेमा केही लेखेका छैनन् ।

शाहरुखले यसअघि गएको बिहीबार आफ्नो कम्पनीको समूहसँग मिलेर सहयोगको हात बढाएका थिए । सरकारी कोषदेखि ५० हजार पीपीई किट, मुम्बईका पाँच हजार पाँच सय परिवारलाई खाद्य सामग्री, १० हजार जनालाई तीन लाख भोजन किट लगायत सहयोग गर्ने घोषणा गरिसकेका छन् । 

प्रकाशित मिति: : 2020-04-05 11:33:58

प्रतिकृया दिनुहोस्