इस्मायल सुब्बा
ठोक्किएर लड्नु र उठ्नुको मजा
के थाहा ती नलड्नेहरुलाई
कि उठाउने हातहरु हुन्छन् वरपर।
नभएर केही पनि पछि हुनु केही
के आभाष ती भएकाहरुलाई
कि यो अनुभूति छ कति सुखद।
कहिले काहिँ हारेर पनि जित्नुको आनन्द
के बुझोस् ती सधैं जित्न चाहनेहरुले
अरुको मुहारमा आएको हासो को मूल्य।
हराएर पाउनुको खुशी
के थाहा नहराउनेहरुलाई
कि कति अमूल्य छ हराएको कुरा।
भत्किएर बनिनु र आकार पाउनुको उत्साह
के अर्थ ती भत्किनु नचाहनेहरुलाई
कि कति मीठो छ बनिनुको प्रक्रिया।
कमजोरी मा पाउनु बल,
डरमा पाउनु साहस,
अँध्यारोमा पाउनु प्रकाश,
के थाहा तिनिहरुलाई
यस्तो कुराहरुको मजा,
जसले आफैलाई भनिरहन्छ शक्तिशाली।
के थाहा तिनीहरूलाई
कि हामी हामी एकार्काको
अँगालो हरु हौ।
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया