स्वागत छ मृत्यु तिमीलाई...

प्रितम पाण्डे

म्यान्मार

मान्छे अमर छैन

नमरी सुख छैन

आज होस् या भोलि

मृत्यु तयार छ निल्न

स्वागत छ मृत्यु तिमीलाई

 

सँगै आयौ है जन्मिँदा

अवसरको ताकमा छौ

अवसर पाउना साथ

गर्नेछौ है प्रहार

स्वागत छ मृत्यु तिमीलाई

 

आज यति कमाएँ

भोलि यति कमाउँछु

भन्ने ती चाह सारा

सपना भईरहन्छन्

स्वागत छ मृत्यु तिमीलाई

 

मै हुँ भन्ने धनिक

मै हुँ भन्ने शाषक

सबको हो यौटै बाटो

गायक या नायक

स्वागत छ मृत्यु तिमीलाई

 

ढल्नु छ ह‌ै अवश्य

जल्नु छ है अवश्य

तिम्रो अगाडि सब यी

गल्नु छ है अवश्य

स्वागत छ मृत्यु तिमीलाई

 

थाक्यो जीवन मेरो

संघर्ष गर्दा गर्दै

भेटिन केही सार

आजीवन लड्दा लड्दै

स्वागत छ मृत्यु तिमीलाई।

प्रकाशित मिति: : 2020-04-18 13:59:27

प्रतिकृया दिनुहोस्