आशा लिएको छु...

औंसीको अँध्यारो

छाएको छ चारैतिर

आशा लिएको छु , चन्द्रमा

छिटै उदाउँछ मनमा

 

समुद्रको मझधारमा

फँसेको छ मेरो डुँगा

आशा लिएको छु ,बलियो

छिटै पुग्छ किनारमा

 

आकाश भएको छ आज

बादलको चपेटले कालो

आशा लिएको छु, सूर्य

छिटै झुल्किन्छ मनमा

 

रोजेको फूल सुन्दर

मुर्झाएको छ मेरो

आशा लिएको छु, मैले

छिटै फुल्नेछ मनमा

 

प्रेमको बाती निभ्यो

आँखा आँसुले भिज्यो

आशा लिएको छु , ज्योति

छिटै जल्नेछ मनमा

प्रकाशित मिति: : 2020-04-25 20:15:00

प्रतिकृया दिनुहोस्