क्यान्सरबाट जुधिरहेका भारतीय अभिनेता इरफान खानले अर्को दुःखको सामना गर्नुपरेको छ। उनको आमा सईदा बेगमको शनिबार निधन भए पनि उनी ‘लकडाउन’ का कारण आमाको अन्तिम बिदाईमा समावेश हुन पाएनन्।
९५ वर्षीय सईदाको शनिबार बिहान निधन भएको थियो। उनी परिवारको सदस्यसँगै जयपुरमा बस्दै आइरहेकी थिइन। उनको शनिबार साँझ नै अन्तिम अन्तिम काजक्रिया गरिएको थियो।
इरफान हाल मुम्बईमा छन् भने उनले भिडियो कलिङको सहयोगले आमाको अन्तिम काजक्रिया हेरेका थिए।
सईदा जयपुरको बेनिवाल कान्ता कृष्णा कोलोनीमा आफ्नो अन्य दुई छोरा इमरान र सलमानसँग बसोबास गर्थिन। उनी कवियत्री पनि थिइन। भारत स्वतन्त्र हुनुअघि राजस्थानको एकमात्र मुस्लिम नवावी राजघरानाको सदस्यसँग उनी सम्बन्धित थिइन।