कविता

एक सेल्फी पठाउनु

दिपा राना

काठमाडौं

तिमीलाई मेसेज पठाछु बहिनी आमालाई सुनाउनु
पोतेको धन्सार हेर्नलाई मन छ एक सेल्फी पठाउनु
उसलाई नि लिएर आउँछु म भेट्न 
बेल बजारसम्म आउनु
गाउँमा त छिर्न दिन्न रे अब 
बेल बजारसम्म आउनु।

जन्मेको घर छोडेपछि त
अरुको थर जोडेपछि त
भई सक्छ उसकाे सक्किसक्छ बिहे
जात-जगत, धन-धर्म तोडेपछि त।

न्यास्रो लाग्यो, याद आयो
सबलाई भेट्न मन छ,
सक्दिनँ पो
नत्र जातको छाया मेट्न मन छ
मान्छेलाई मान्छे नमान्ने
चलन कस्तो हो यो,
सक्दिनँ पो एउटै मन्दिरमा
सबलाई समेट्न मन छ।

प्रकाशित मिति: : 2022-06-18 10:31:00

प्रतिकृया दिनुहोस्