इरफानको अन्तिम संस्कार साँझ ५ बजे, २० जना मात्रै सहभागी हुने

बलिउड अभिनेता इरफान खानको अन्तिम संस्कारमा जम्मा २० जना सहभागी हुने भएका छन्। जहाँ इरफानको परिवार र उनका निकटस्थ्य मात्र हुनेछन्।

लकडाउनका कारण २० भन्दा बढी व्यक्ति जम्मा गर्न नचाहेको उनको परिवारले बताएकाे छ। बुधबार बिहान ५४ वर्षीय इरफानकाे निधन भएकाे थियाे। उनी न्युरोइन्डोक्राइनका बिरामी थिए।

इरफानको अन्तिम संस्कार बुधबार साँझ ५ बजेको लागि तय भएको छ।  उनको शवलाई अँधेरीको यारी रोड, वर्सोवा कब्रस्तानमा दफन गरिने छ।  
 
उनको अन्तिम संस्कारमा बलिउडका कोही पनि सेलिब्रेटी उपस्थिति हुने छैनन्।
 
इरफानको अन्तिम संस्कार मुम्बई पुलिसको निगरानीमा हुने बताइएको छ।

स्मरण रहाेस् इरफानलाई मंगलबार स्वस्थ्यमा समस्या आएपछि मुम्बईको कोकिला वेन धीरूभाई अम्बानी अस्पतालमा भर्ना गरिएकाे थियाे।

इरफानसँग सम्बन्धित आज प्रकाशित केही समाचारहरु—:

बलिउड अभिनेता इरफान खानको निधन

अभिनेता इरफान खान आइसियूमा

प्रकाशित मिति: : 2020-04-29 15:37:46

प्रतिकृया दिनुहोस्