अभिनेता इरफान खान आइसियूमा

बलिउड अभिनेता इफान खानको अचानक विरामी भएपछि उनलाई अस्पताल भर्ना गरिएको छ। 

इरफानलाई मुम्बइस्थित कोकिलाबेन अस्पतालको आइसियूमा भर्ना गरिएको हो। उनको स्वास्थ्य अवस्था किन बिग्रियो र उनको समस्या के हो र आईसीयूमा किन भर्ना गरियो, अहिले यसबारेमा कुनै जानकारी सार्वजनिक भइसकेको छैन।

५४ वर्षीय इरफान न्युरोएन्डोक्राइन ट्युमरबाट पीडित छन्। उनी विदेशमा यो बिमारीको उपचार गराइरहेका थिए र भर्खरै मुम्बई फर्किएका थिए।दुई वर्षअघि सन् २०१८ मा इरफानले आफूमा बिमारी रहेको थाहा पाएका थिए। उनी आफैले यो खबर शेयर गरेका थिए। 

अस्पताल स्रोतले खानको स्वास्थ्य अवस्था बिग्रिएको र आईसीयूमा भर्ना गरेको बाहेर अरु जानकारी दिन मानेका छैनन्। इरफान खानका परिवारले पनि अधिकारिक रुपमा अरु केही बताएका छैनन्। 

खानका एक प्रवत्ताले निकालेको बयानमा भनिएको छ, ‘इरफान खानलाई मुम्बईको कोकिलाबेन अस्पतालमा भर्ना गरिएको कुरा साँचो हो। उनलाई कोलन इन्फेक्शन भएको छ। हामी सबै उनको बारेमा जानकारी दिइरहनेछौँ। अहिले उनी डाक्टरको निगरानीमा छन्। उनको शक्ति र साहसले उनलाई बिमारीसँग लड्न मद्दत गरिरहेको छ। उनको अपार इच्छा शक्ति र उनका चाहनेहरुको माया र आशीर्वादले उनी चाँडै नै ठिक हुनेछन्।’

दुई वर्ष पहिले सन् २०१८ मार्च महिनामा खान आफ्नो विमारी थाहा पाएका थिए। बिमारीको बारेमा थाहा पाएपछि खान उपचारको लागि लण्डन गएका थिए। 

उनी आफैले आफ्नो फ्यानाहरुलाई उक्त कुरा बताउँदै भनेका थिए, ‘जिन्दगीमा अचानक केही यस्तो भइदिन्छ, जसले तपाइलाई अगाडि लिएर जान्छ। समँग पनि यस्तै केही भइरहेको छ।मलाई न्‍योरो इन्डोक्राइन ट्यूमर नामक रोगले समातेको छ। तर मसँग रहेको आम मानिसको मायाले बाँचेको छु।’

फिल्म ‘अङ्ग्रेजी मिडियम’ का क्रममा उनको स्वास्थ्य स्थिति बिग्रिएको बताइन्छ। यस कारण कैयौँ पटक शुटिङ नै रोकिएको थियो। जब खान राम्रो भएको महसुस गर्थे तब शुटिङ हुन्थ्यो। भर्खरै मात्र इरफान खानकी आमा सईदा बेगमको जयपुरमा निधन भएको थियो। 

तर उनी आमाको निधनमा लकडाउनका कारण पुग्‍न सकेका थिएनन्।

प्रकाशित मिति: : 2020-04-29 07:19:49

प्रतिकृया दिनुहोस्