अपाङ्गता भएका व्यक्तिहरू कोभिड-१९ बाट कसरी बच्ने?

कोरोना भाइरसको प्रकोप नियन्त्रण गर्नका लागि भन्दै सरकारले गरेको लकडाउन करिब दुई महीना पुगिसक्यो।

चीनवको वुहानबाट विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड १९) ले यो समाचार तयार पार्दासम्म विश्वभर ४९ लाख मानिस संक्रमित भएका छन्। यस्तै ३ लाख २० हजार मानिसले ज्यान गुमाइसकेका छन्।

नेपालमा पनि हालसम्म २ जनाले ज्यान गुमाइसकेका छन् भने ३७५ जनामा संक्रमण देखिएको छ।

माथिको तथ्याङ्क त साङ्गको अवस्था भयो। अझै पनि सम्बन्धित निकायले अपाङ्गता भएका कतिपय व्यक्तिलाई कोरोनाबाट कसरी बच्ने भन्नेसमेत जानकारी छैन।

सूचनाबाट टाढा भएका व्यक्तिलाई सेनिटाइजर प्रयोगको बारेमा र आफू कसरी सुरक्षित रहने भन्ने जानकारी नभएको नेत्रहीन् युवा सङ्घ नेपालका निर्देशक विश्वराम श्रेष्ठको बुझाइ छ।

उनले दृष्टिविहीनले पठनपाठनका लागि प्रयोग गर्ने ब्रेल लिपिको सिलेट स्टाइलसमा सेनिटाइजर प्रयोग गरेर मात्र प्रयोग गर्न श्रेष्ठले सुझाव दिएका छन्। सकभर घरबाट बाहिर ननिस्कने। निस्कनै परेमा सहयोगीलाई लिएर हिँड्ने। सहयोगीको हातको हत्केलामा मात्र समात्न लगाउने अनि सेनिटाइजरको प्रयोग गर्ने, यदि सेनिटाइजरको पहुँचमा नभए साबुन पानीले हात धुनुपर्छ। मुखमा हात नलैजान उनले आग्रह गरेका छन्।

शारीरिक रुपले अपाङ्ग भएका व्यक्तिले प्रयोग गर्ने ह्विलचेयरदेखि अन्य सामाग्रीमा सेनिटाइजरको प्रयोग गरिदिन अनुरोध गरेका छन्।

यसअघि जेठ ४ गते सातै प्रदेशका प्रतिनिधिसँगको भिडियो कन्फ्रेन्समा अपाङ्गता भएका व्यक्तिहरू  कोरोनाबाट कसरी बच्ने भन्ने विषयमा शिक्षा मन्त्रालयका अधिकृत दीपक माझीले तालिम दिएका थिए।

तीन दिनसम्म सञ्चालन तालिममा अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्य शिक्षा र  राज्यले बनाएका नीति नियमबारे छलफल भएको थियो। साथै अपाङ्गता सम्बन्धि विभिन्न संघसंस्थासँग हातेमालो गर्दै विपन्न अपाङ्गता भएका व्यक्तिलाई राहत सामग्री पुर्‍याउने विषयमा पनि छलफल भएको छलफलमा सहभागी रूपन्देही नेत्रहिन युवा संघका अधक्ष टीकाराम पौडेलले जानकारी दिए।

नेत्रहिन युवा संघ् नेपालले गरेको भिडियो कन्फ्रेन्समा भएको छलफलमा देशभरिबाट ३८ जना प्रतिनिधिहरुले भाग लिएको नेत्रहिन संघका केन्द्रीय अधक्ष कलाधर भण्डारीले बिएल नेपाली सेवालाई जानकारि दिए।

प्रकाशित मिति: : 2020-05-19 13:51:46

प्रतिकृया दिनुहोस्