अरिंगालको साम्राज्य

 

तोयानाथ जोशी

अरिंगाललाई कीरा, फट्यांग्रा प्रजातिमध्य सबैभन्दा ठूलो सामजिक बारुलाको रुपमा चिनिन्छन् । विश्वमा एशियाली अरिंगाल, घातक हत्यारा अरिंगाल र युरोपियन अरिंगाल गरी तीन प्रकारका प्रजाति पाइन्छन् । घातक हत्यारा अरिंगाल विशेष गरी पूर्वी एशिया र जापानमा पाइने गर्दछन्  र एकदम विषालु मानिन्छन् जसलाई माहुरीको शत्रु जीवको रुपमा लिइन्छ।  

नेपालमा ठूलो प्रजातिको अरिंगालमध्ये रुखमा गोला लगाउनेलाई कालो र रातो अरिंगाल भनिन्छ भने भुँइमा गोला लगाउने सबैभन्दा खतरनाक ठूलो आकारको अरिंगाललाई ‘बच्छियुँ’ भनिन्छ । प्रजातिअनुसार अरिंगालको आकार १.८ देखि ५.५ सेन्टिमिटरसम्मको हुन्छ। यिनीहरु सामाजिक प्राणी भएको हुनाले गोलामा एक रानी र अन्य कामदारको रुपमा बस्छन् । खाना खोज्ने क्रममा गोलाबाट ४० किलोमिटर टाढासम्म यात्रा गर्न सक्छन् । मानिसहरु अरिंगाललाई एक आक्रमक प्रजातिको रुपमा चिन्छन्।  

प्रकाशित मिति: : 2020-05-25 07:54:44

प्रतिकृया दिनुहोस्