सोमबार ७९ सहित ६८२ जनामा कोरोना संक्रमण पुष्टि, ११२ डिस्चार्ज, ४ को मृत्यु

सोमबार एकै दिन ७९ जनामा कोरोना संक्रमण पुष्टि

सोमबार एकै दिन ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। दिउँसो ७ जना र बिहान ७२ जना गरी कुल ७९ जनामा सोमबार संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

दिउँसो देखिएको संक्रमणमध्ये अछाममा १, बर्दियामा ३, पर्सामा २ र काठमाडौंमा १ गरी कुल थप ७ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको हो।

अछाम मेललेकका ३२ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको हो। सेती प्रादेशिक अस्पतालामा गरिएको पीसीआर परीक्षणमा कोरोना संक्रमण देखिएको हो।

त्यसैगरी भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ३ जनाको कोरोना पोजिटिभ देखिएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार  गुलरिया १० बर्दियाका २२ र २४ वर्षीय पुरुष र गुलरिया २ बर्दियाका १८ वर्षीय पुरुषमा कोरोना पोजिटिभ देखिएको हो।

यस्तै नारायणी अस्पतालको प्रयोगशामा गरिएको परीक्षणमा दुई जनामा पोजिटिभ देखिएको छ। उनीहरु जिरा भवानी गाउँपालिका ४ पर्सा कालिकामाइको क्वारेन्टाइनमा रहेकामा १८ वर्षका पुरुष र काठमाडौं महानगरपालिका १५ घर भएका कलैयामा काम गर्नेमा कोरोना पोजिटिभ देखिएको हो। यस्तै अर्का एक बाराका ७० वर्षीय वृद्धमा पनि कोरोना संक्रमण पुष्टि भएको छ। यद्यपी उनको मृत्यु भइसकेको छ।

यसअघि आजै बिहान मन्त्रालयले गरेको अध्यावधिक तथ्याङ्क अनुसार ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। यो सँगै हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ६८२ पुगेको छ।

५६६ जना आइसोलेशनमा

नेपालमा सोमबारसम्म ६८२ संक्रमित पुगे पनि ५६६ जना आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

सोमबार नियमित प्रेस ब्रिफिङका क्रममा प्रवक्ता देवकोटाले मुलुकभर गरी ५६६ जना आइसोलेसनमा रहेर उपचार गराइरहेको जानकारी दिएका हुन्।

देवकोटाका अनुसार प्रदेश-१ मा ६० जना, प्रदेश २ मा २०१ जना बागमति प्रदेशमा २६ जना, गण्डकी प्रदेशमा ३ जना, प्रदेश नम्बर ५ मा २५५ जना, कर्णाली प्रदेशमा ११ जना र सुदूरपश्चिम प्रदेशमा १० जना गरी ५६६ जना आइसोलेशनमा छन्।

४३ जिल्लामा संक्रमण पुष्टि

नेपालका कुल ७७ वटा जिल्ला मध्ये ४३ वटा जिल्लामा कोरोना भाइरसको संक्रमण फैलिएको छ। चार महिनाको अवधिमा सातै वटा प्रदेशमा कोरोना संक्रमणको प्रकोप फैलिएको हो।

सोमबार अछाममा पहिलोपटक कोरोना संक्रमण पुष्टि भएको हो। सेती अञ्चल अस्पतालमा गरिएको स्वाब परीक्षणका क्रममा अछाम मेल्लेकका ३२ वर्षीय १ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

जिल्ला

संक्रमित

मृत्यु

निको भएका

बाँके

१४६

२१

पर्सा

९५

२५

कपिलवस्तु

८३

११

रौतहट

४९

रुपन्देही

४३

बारा

३६

झापा

३६

सर्लाही

३४

उदयपुर

३३

२३

काठमाडौं

१६

धनुषा

१२

दैलेख

बर्दिया

धनकुटा

कैलाली

चितवन

मोरङ

नवलपरासी पश्चिम

बैतडी

दाङ

भक्तपुर

सप्तरी

धादिङ

महोत्तरी

मकवानपुर

सुनसरी

सुर्खेत

बागलुङ

गुल्मी

नवलपरासी पूर्व

अछाम

भोजपुर

डडेलधुरा

कञ्चनपुर

काभ्रेपलाञ्चोक

खोटाङ

ललितपुर

लमजुङ

नुवाकोट

रामेछाप

सिन्धुली

सिन्धुपाल्चोक

सिराहा

जम्मा

६८२

११२

१ लाख ४६ हजार ८३४ परीक्षण

सोमबारसम्म कुल १ लाख ४६ हजार ८ सय ३४ कोरोना भाइरसको परीक्षण गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

५१ हजार ६४२ जनाको पीसीआरमार्फत कोरोना भाइरसको परीक्षण गरिएको छ। यस्तै आरडीटीबाट ९५ हजार १९२ जनाको परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए।

२४ घण्टामा २ हजार ९०४ पीसीआर परीक्षण गरिएको छ।

केही दिन यता क्वारेन्टाइन बस्ने र पीसीआर परीक्षण गर्नेको संख्या बढेको हो। हालसम्म क्वारेन्टाइनमा ४६ हजार २९ जना रहेको छन्।

एक हजार ६५२ जनाले फोन गरेर आफूलाई कोरोना संक्रमण भए नभएकोबारे जानकारी लिएका छन्। कोभिड १९ को परीक्षणका लागि एक प्रयोगशाला थपिएसँगै २० वटा प्रयोगशालबाट कोरोना परीक्षण गर्न थालिएको छ। त्रिवि शिक्षण अस्पताल आजदेखि पीसीआर परीक्षण थालिएको हो।

११२ संक्रमित डिस्चार्ज

पहिलो कोरोना संक्रमण पुष्टि भएकी स्टाफ नर्स निको भएर घर फर्किएसँगै निको हुनेको संख्या ११२ पुगेको छ।

कपिलवस्तु जिल्ला अस्पताल तौलिहवामा कार्यरत स्टाफ नर्स सोमबार घर फर्केको जिल्ला अस्पताल प्रमुख योगेन्द्र भगतले जानकारी दिए। यससँगै नेपालमा कोरोनालाई जितेर घर फर्किनेको संख्या ११२ पुगेको छ।

कपिलवस्तुकी नर्स अस्पतालको आइसोलेसन वार्डमा १४ दिन बसेर कोरोना परीक्षण गर्दा  नेगेटिभ रिर्पोट आएपछि स्टाफ नर्स आज घर फर्केकी हुन्।  उनको जेठ १ गते र ४ गते गरिएको स्वाबको आरटी पीसीआर परीक्षणको रिर्पोट नेगेटिभ आएपछि उनलाई घर फर्काइएको भगतले बताए।

पछिल्लो पटक २५ जना कोरोना मुक्त भएर घर फर्केका छन्। यो सँगै ११२ जना कोरोना मुक्त भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले बताए। उनका अनुसार कोरोना निको हुनेमा ८४ जना पुरुष र २८ जना महिला छन्।

मृतकको संख्या चार पुग्यो

नेपालमा कोरोना भाइरसको संक्रमणबाट सोमबारसम्म चार जनाको मृत्यु भएको छ। आज थप एकजना मृतकको स्वाब परीक्षणबाट कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिएका हुन्।

संक्रमित ७० वर्षीय वृद्धको ४ जेठमा मृत्यु भएका थियो। वृद्धलाई जेठ २ गते अस्पतालमा भर्ना गरिएको र ३ जेठमा स्वाब परीक्षण गरिएको थियो । उनको ४ जेठमा मृत्यु भएको थियो ।

यसअघि तीन जना संक्रमितको मृत्यु भइसकेको छ। उनीहरुमध्ये गुल्मीका ४१ वर्षीय शिक्षकको ८ जेठमा निधन भएको थियो । बाँकेको नरैनापुरका पुरुषको ४ जेठमा निधन भएको थियो । सिन्धुपाल्चोककी सुत्केरीको २ जेठको राति निधन भई ३ जेठमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।

यी हुन् कोभिड १९ बाट मृत्यु हुनेहरू

१. सिन्धुपाल्चोक राम्चेकी २९ वर्षीया महिला । उनी १० दिनको सुत्केरी थिइन् । २ जेठमा निधन भई ३ जेठमा कोभिड १९ को संक्रमण पत्ता लागेको

२. बाँकेको नरैनापुरका २५ वर्षीय युवक । ३० वैशाखमा भारतबाट फर्किएका । ४ जेठमा मृत्यु भएपछि परीक्षणबाट संक्रमण पत्ता लागेको ।

३. गुल्मीका ४१ वर्षीय शिक्षक । ५ जेठमा रुपन्देहीको तिलोत्तमास्थित क्रिमसन अस्पतालमा भर्ना भएका । जन्डिस समेत भएका उनको ८ जेठको विहान निधन भएको ।

४. बाराका ७० वर्षीय वृद्ध । क्षयरोग र स्वास प्रश्वासको समस्याका कारण २ जेठमा अस्पताल भर्ना भई ४ जेठमा मृत्यु भई १२ जेठमा संक्रमण पुष्टि भएको ।

प्रकाशित मिति: : 2020-05-25 16:35:50

प्रतिकृया दिनुहोस्