सरकारले स्थानीय तहमा ५ देखि १५ शैयाका २७२ वटा अस्पताल सञ्चालनमा ल्याउने

बिएल संवाददाता

काठमाडाै‌ं

सरकारले आगामी वर्षभित्र स्थानीय तहहरूमा ५ देखि १५ शैयाका २७२ वटा अस्पताल सञ्चालनमा ल्याउने योजना बनाएको छ।

अर्थमन्त्री युवराज खतिवडाले आर्थिक वर्ष २०७७/०७८ को बजेट प्रस्तुत गर्दै  स्थानीय तहमा अस्पताल सञ्चालनमा ल्याउनको लागि १४ अर्ब २७ कोरोड बजेट बिनियोजन गरिएको बताए।

यस्तै समग्र स्वास्थ्य विकास पूर्वाधारको लागि सरकारले १२ अर्ब ४६ करोड रुपैंया बिनियोजन गरेको छ। 

सरकारले टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको क्षमता विस्तार गरी अन्तर्राष्ट्रिय मापदण्डको बनाइने जनाएको छ। यस्तै सातै प्रदेश राजधानीमा अत्याधुनिक प्रयोगशाला स्थापना गरिने भएको छ।

साथै सरकारले साविकको जिल्ला र अञ्चल अस्पताललाई विस्तार गर्ने जनाएको छ। 

विदेशबाट आउने नागरिकहरूलाई सीमा नाकामा अनिवार्य परीक्षण गर्ने सुविधासहितको स्वास्थ्य डेस्क स्थापना गरिने पनि सरकारले जनाएको छ।

प्रकाशित मिति: : 2020-05-28 16:58:28

प्रतिकृया दिनुहोस्