यू– १९ एसिया कप

नेपाल भारतसँग १० विकेटले पराजित

एसिसी यू– १९ एसिया कपकाे समूह चरणकाे अन्तिम खेलमा नेपाल भारतसँग १० विकेटले पराजित भएकाे छ। मंगलबार दुबईमा नेपालले दिएकाे ५३ रनकाे लक्ष्य भारतले ७.१ ओभरमा बिना विकेटकाे क्षतिमा पूरा गर्‍याे।

भारतका ओपनर अद्रेश सिंहले १३ तथा अर्शिन कुलकर्नीले अविजित ३४ रन प्रहार गरे।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेकाे नेपाल २२.१ ओभरमा ५२ रन बनाएर अलआउट भएकाे थियाे।

नेपालका दीपक बाेहरा १, अर्जन कुमाल ७, उत्तम मगर शून्य, देब खनाल २, गुलसन झा ४, दीपक डुम्रे शून्य, दीपक बाेहरा ७, दीपेश कँडेल ४, सुवास भण्डारी २, हेमन्त दामी ८ तथा आकाश चन्द ४ रनमा आउट भए।

भारतका राज लिम्बानी एक्लैले ७ विकेट लिए।

याे हारसँग नेपाल जारी एसिया कपकाे समूह चरणबाटै बाहिरिएकाे छ।

नेपाल यसअघि पाकिस्तान र अफगानस्तानसँग पराजित भएकाे थियाे।

प्रकाशित मिति: : 2023-12-12 14:39:00

प्रतिकृया दिनुहोस्