बिएल संवाददाता
एसिसी यू– १९ एसिया कपकाे समूह चरणकाे अन्तिम खेलमा नेपाल भारतसँग १० विकेटले पराजित भएकाे छ। मंगलबार दुबईमा नेपालले दिएकाे ५३ रनकाे लक्ष्य भारतले ७.१ ओभरमा बिना विकेटकाे क्षतिमा पूरा गर्याे।
भारतका ओपनर अद्रेश सिंहले १३ तथा अर्शिन कुलकर्नीले अविजित ३४ रन प्रहार गरे।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेकाे नेपाल २२.१ ओभरमा ५२ रन बनाएर अलआउट भएकाे थियाे।
नेपालका दीपक बाेहरा १, अर्जन कुमाल ७, उत्तम मगर शून्य, देब खनाल २, गुलसन झा ४, दीपक डुम्रे शून्य, दीपक बाेहरा ७, दीपेश कँडेल ४, सुवास भण्डारी २, हेमन्त दामी ८ तथा आकाश चन्द ४ रनमा आउट भए।
भारतका राज लिम्बानी एक्लैले ७ विकेट लिए।
याे हारसँग नेपाल जारी एसिया कपकाे समूह चरणबाटै बाहिरिएकाे छ।
नेपाल यसअघि पाकिस्तान र अफगानस्तानसँग पराजित भएकाे थियाे।
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया