एमसीसी सम्झौताको विरोधमा हिन्दू परिषद् नेपालद्वारा वीरगञ्जमा प्रदर्शन

वीरगञ्जमा हिन्दू परिषद् नेपालले एमसीसी समझौता खारेजको माग गर्दै  विरोधमा प्रदर्शन गरेको छ।

बिहान ८ बजेदेखि ९ बजेसम्म घण्टाघरमा भएको प्रदर्शनमा ‘एमसीसी चाँहिदैन,लागू गर्न पाइदैन, देश बेच्न पाइदैन’,‘राष्ट्र विरोधी सम्झौता खारेज गर,’ ‘देशद्रोही नेताहरु मुर्दावाद’, ‘नो एमसीसी’ नाराको साथ विरोध प्रदर्शन गरेका थिए।

हिन्दू परिषद् नेपालका केन्द्रीय अध्यक्ष सन्तोष पटेलले एमसीसीविरुद्ध प्रदर्शन अब देश भरि हुने चेतवानी दिए। 

‘एमसीसी ल्याएर पूर्ण रुपमा नेपालीलाई दास बनाउने उद्देश्य छ। केही नेताहरुले पैसाको लागि राष्ट्रघाती समझौता गरेका हुन्। हामी बाध्य भएर विरोधमा उत्रेका हौं,’उनले भने।

यता परिषद्का केन्द्रीय महासचिव अनिरुद्ध सिंहले नेपाली जनताको मनोबल कमजोर गर्ने उद्देश्यले एमसीसी समझौता भएको आरोप लगाए। ‘सनातन धर्मलाई समाप्त गरी नेपाललाई क्रिश्चन राष्ट्र बनाउनका लागि पैसाको बलमा समझौता गरिएको हो,’उनले भने।

परिषद्का केन्द्रीय सदस्य श्रीराम उपाध्यायले सम्झौता खारेज नगरे पछाडि नहट्ने बताए। ‘नेपाली जनताको रक्षा र स्वभिमानका लागि हामी रगत बगाउनसमेत तयार छौ‌ं,’उनले भने। 
 

प्रकाशित मिति: : 2020-06-08 12:04:57

प्रतिकृया दिनुहोस्