क्रान्तिको नाममा लुट, देशको नाममा धोका
बिएल संवाददाता
राष्ट्रिय दलित आयोगले ग्लोबल एन्टी-रेसिज्म च्याम्पियन अवार्ड विजेता दलित अधिकारकर्मी सरस्वती नेपालीलाई सम्मान गरेको छ। आयोगले आइतबार कुपन्डोलस्थिति कार्यालयमै एक कार्यक्रमको आयोजना गरी सम्मान गरेको हो।
नेपालीलाई अमेरिकी विदेश मन्त्रालयले सामाजिक न्यायको क्षेत्रमा पुर्याएको योगदानस्वरुप सम्मान गरेको थियो। यही साउन २४ गते अमेरिकाबाट सम्मान ग्रहण गरेर गत मंगलबार स्वदेश फर्किएकी नेपालीलाई आयोगले सम्मान गरेको हो।
२०५८ देखि आन्दोलनमा होमिएकी नेपालीले अमेरिकी विदेश मन्त्रालयको सम्मान पाएकोमा खुसी व्यक्त गर्दै थप प्रेरणाको लागि सम्मान गरिएको आयोगका अध्यक्ष देवराज विश्वकर्माले बताए।
अध्यक्ष विश्वकर्माले अन्तर्राष्ट्रिय अवार्ड जितेकोमा बधाई दिँदै भने, ‘यो अवार्डले सरस्वतीजीलाई सबैको प्रेरणाको स्रोतको रुपमा स्थापित गरेको छ। यो सँगै अझै थप अगाडि बढ्नुहोला। म धेरै धेरै शुभकामना छ।’
बैतडीको दशरथचन्द नगरपालिकामा जन्मिएकी नेपालीले सोही क्षेत्रमा रहेर दलित समुदायसँगै मानव अधिकारको लागि वकालत गर्दै आएकी छन्।
सरस्वतीले आयोगले गरेको सम्मानप्रति खुसी व्यक्त गरिन्। ‘यो अवार्ड मेरो मात्र नभएर सिंगो नेपाल र हाम्रो समुदायको हो। मसँगै सिंगो राष्ट्र खुसी भएको समयमा यो खुसी साट्ने मौका दिनुभएकोमा धन्यवाद’, नेपालीले भनिन्।
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
दोहोरो नागरिकता : पूरा गर्ला त रास्वपाले ९९औं वाचा ?
प्रतिकूल मौसमको मौका छोप्दै काठमाडौंमा ट्याक्सी चालकको लुटधन्दा…
इतिहास फेरिन्छ– जब जनताको चेतनाले ‘नयाँ अध्याय’ लेख्छ
सच्चिएनन् पुराना दल, बरू भए सक्किन तयार
‘मैले ड्रग्स खाँए, समाजले परिवारलाई धिक्कार्यो’ (भिडियाेसहित)
रापिएको ‘रविमण्डल’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया