बलिउड अभिनेता सुशान्त सिहं राजपुतको निधनपछि भारतमा ५ जनाले आत्महत्या गरेका छन्। सुशान्तको आत्महत्या खबरले दु:खी र मर्माहत भएका उनीहरुले पनि झुण्डिएर आत्महत्या गरेका हुन्।
सुशान्तले १४ जुनमा मुम्बईको बांद्रास्थित अफ्नो घरमा फाँसी लगाएर आत्महत्या गरेका थिए। उनी पछिल्लो केही समययता डिप्रेशनमा थिए। प्रहरीले यो घटनामा १६ जनाको बयान लिएको छ। उनले निधनपछि भारतमा आत्महत्याको ट्रेण्ड बढेको बताइएको छ।
पछिल्लो दिन उत्तर प्रदेशको हापुड जिल्लामा एक ११ वर्षीय बालकले फाँसी लगाएर सुशान्तका नाममा ज्यान दिएका छन्।
सुशान्तको मृत्युपछि पीडामा रहेका बालकले आमाको सलमा पासो लगाई झुण्डिएर आत्महत्या गरेका हुन्। ती बालक सुशान्तका ठूलो फ्यान थिए। उनको मृत्युबाट एकदमै दु:खी रहेकाे उनकाे परिवारले बताएका छन्।
यसअघि विशाखापट्टनम र अंडमानमा पनि दुई महिलाले आत्महत्या गरेका थिए। उनीहरु पनि सुशान्तकाे फ्यान हुन्।
सुशान्तको मृत्युपछि विशाखापट्टनममा २१ वर्षीय महिला र अंडमानस्थित पोर्ट ब्लेयरमा १५ वर्षीया किशोरीले फासी लगाएर आत्महत्या गरे।
यता उत्तर प्रदेशको बरेली र विहारको पटनामा पनि एक/एक जनाले आत्महत्या गरे।
प्रहरीका अनुसार बरेलीमा एक विद्यार्थीले जब सुशान्त सिंह राजपूत आत्महत्या गर्न सक्छन् भने मैले पनि गर्न सक्छु भन्दै आत्महत्या गरेका हुन्।
त्यसैगरी पटनामा सुशान्तको मृत्युको खबरपछि १७ वर्षीया किशोरीले आत्महत्या गरिन्। उनी कक्षा १० को रिजल्टका कारण डिप्रेशनमा थिइन्।